पोखरा, २ माघ –
पोखरा महोत्सवमा केराको ममः बनाउन भ्याई नभ्याई भएको छ । काचो केराबाट ममः, केराबाट बनेको पकौडा र केराको चिप्स महोत्सवको १ सय ५७ नम्बरको स्टलमा महोत्सवमा सहभागिहरुले बढी रुचाएका कारणले गर्दा केराको ममः बनाएर दिनको लागि एक समुहलाई भ्याई नभ्याई भएको छ ।
पृथ्बीचोक क्षेत्रमा अर्कोको कुनै जागीरे पेशा गरेका तीन जना युवाहरुको एक समुहले महोत्सवमा पहिलो पटक खाने फल केराबाट ममः सहितका परिकारहरु बनाएर विक्रि वितरण गर्न लागे पछि उनीहरुले हाल महोत्सव अवधिको लागि विदा लिई केराको ममः मनाउन व्यस्त भएका हुन । अर्रमान अली, जुनेत अलि र सजित अलिले ईन्टर नेटबाट केराको ममः बनाउने विधि सिकेको कारणले गर्दा महोत्सवमा केराको ममः विक्रि गर्दा हाल आफुहरुलाई भ्याइ नभ्याई भएको अर्रमानले बताए । उनका अनुसार हरेक दिन जसो ३ सयको हाराहारीमा ममः खाने ग्राहकहरु आउने गरे पनि आफुहरुले ग्राहकहरुको माग अनुसार ममः दिन सकिएको छैन । प्रति प्लेट ममःको एक सय रुपैया, पकौडा र प्रति प्लेट चिप्सको ५० को दरमा विक्रि गरेको अर्रमानले बताए । अर्कोको रोजगारी पेशामा संलग्न भएका ती युवाले हाल केहि दिनको लागि ७ जनालाई काम दिएका छन ।
केराको मम पहिलो पटक खाएका ६० बर्षीय एक बृद्ध गोपाल थापाले महोत्सवमा केराबाट मम सहितका परिकार पाउदा आफुहरुलाई निकै खुसि लागेको बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution