क्वोइ च्हों देवी फुटवल प्रतियोगितामा २२ टिम

पोखरा, २ माघ –

लमजुङको पर्यटकीय गाउँ गिलुङमा हुने क्वोइ च्हों देवी रनिङ शिल्ड फुटवल प्रतियोगितामा २२ टिमले सहभागिता जनाउने भएका छन् । खुल्ला पुरुष तथा महिला नकआउट फुटवल प्रतियोगितामा शनिबारसम्म २२ पुरुष टिमले दर्ता गराएको आयोजक मिलन युवा क्लवका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । महिला टिमले भने आइतबारसम्म टिम दर्ता गर्ने समय रहेको गुरुङले बताए । प्रतियोगितामा कास्की र लमजुङका फुटवल टिमले सहभागिता जनाएका छन् ।

आइतबारको उद्घाटन खेल रामबजार युथ क्लव, लमजुङ र आयोजक रातोबीच हुने बताइएको छ । दोश्रो खेल चौतारी युवा क्लव करापु र अण्डर सिक्सटिन गिलुङ, तेश्रो खेल सुर्योदय निमावी, घान्द्राङ लमजुङ र माटेपानी युवा क्लव पोखरा र चौंथो खेल नाल्मा लमजुङ र मितेरी युवा क्लव घान्द्राङबीच हुने छ ।

क्लवले गिलुङको चिसापानीमास्थित बुद्धोदय उच्च माविको ४१ औं बार्षिकोत्सवका अवसरमा प्रतियोगिताको आयोजना गर्दै आएको हो । पुरुष फुटवलतर्फ प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला फुटवल प्रतियोगितातर्फ प्रथम हुने टिमलाई नगद १५ हजार रुपैयाँ र द्वितीय हुने टिमलाई नगद ७ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

२०४२ सालमा स्थापित मिलन युवा क्लवले २०५४ सालदेखि खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लवले यहि वर्षदेखि महिला फुटवल प्रतियोगिता पनि समावेश गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक गिलुङ समाज, यूके रहेको छ । प्रतियोगिताका अन्य प्रायोजकहरुमा गिलुङ समाज, हङकङ, गिलुङ गाउँ सुधार सहयोग समिति, पोखरा र गिलुङ गाविस कार्यालय रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button