नेपालमै पहिलो पटक बंगुरको कृत्रिम गर्भाधान सम्बन्धी तालिम सम्पन्न

पोखरा ०३ माघ-

बंगुरको कृत्रिम गर्भाधान सम्बन्धी सातदिने प्रशिक्षक प्रशिक्षण तालिम पोखरामा सम्पन्न भएको छ । नेपालमानै पहिलो पटक आयोजना गरिएको उक्त तालिममा नेपालभरका १९ जना प्रशिक्षकहरुको सहभागीता रहेको थियो । सामर्थ-सिप्रेड संस्थाको आयोजना तथा युके एडको सहयोग तथा पशु सेवा बिभाग र राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको सहकार्यमा पोखराको होटल क्राउन हिमालयजमा सम्पन्न एक हप्ते तालिममा विशेषगरी बंगुरको भालेलाई तालिम, बिर्य संकलन, प्रशोधन तथा प्याकेजिङ तथा भण्डारण र बजारीकरण सम्बन्धी सैद्धान्तिक र ब्यवहारिक क्रियाकलापहरु गराइएको थियो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

आइतबार सम्पन्न तालिमको समापन कार्यक्रममा वोल्दै राष्ट्रिय कृषि अनुसन्धान केन्द्र नार्कका बंगुर तथा कुखुरा अनुसन्धान कार्यक्रम प्रमुख दामोदर न्यौपानेले बंगुरको कृत्रिम गर्भाधानले कृषकहरुलाई प्रत्यक्ष रुपमा फाइदा पु¥याउने वताउदै तालिममा सिकेका कुरालाई ब्यवहारमा लागु गराउनुपर्नेमा जोड दिए । त्यस्तै तालिमका प्रशिक्षक जीनप्रो कम्पनी अमेरिककाका डाक्टर केभिनले नेपालमा बंगुरपालनको संभावना राम्रो भएको वताउदै यो तालिमले अझै बंगुरपालक किसानका लागी उर्जा थप्ने वताए । कृत्रिम गर्भाधानले उन्नत जातका बीउहरुलाई साना किसानले समेत प्रयोग गर्न सक्ने भएकाले यसलाई महत्वपूर्ण रुपमा लिनुपर्ने उनको भनाइ रहेको थियो ।

तालिममा सहभागी कृषक तथा पोखरा लाइभस्टक प्रालिका सञ्चालक छ्याम थापाले सात दिने तालिमले आफुहरुलाई बंगुर पालनमा थप उर्जा प्रदान गरेको वताए । आफ्नो फर्म पोखरा लाइभ स्टकमा ए।आइ। ल्याब समेत रहेकाले पोखरा र आसपासमात्र नभइ नेपालभरकै बंगुर किसानका लागी कृत्रिम गर्भाधानका लागी सामाग्री प्रदान गर्न आफु तयार रहेको वताए ।

कार्यक्रममा डाक्टर नन्द प्रशाद शर्मा, डाक्टर शोभा शर्मा , झापा कुलुङ बंगुर फार्मका संचालक संजिव कुमार राइ लगायतले वोलेका थिए । तालिममा सैद्धान्तिक कक्ष पोखराको क्राउन हिमालयन होटलमा भएको थियोभने ब्यवहारिक कक्ष लेखनाथको रिठेपानीमा रहेका पोखरा लाइभस्टक प्रालिमा सम्पन्न भएको सामर्थ-सिप्रेडका बंगुर विश्लेषक डाक्टर राजेश कुमार चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button