स्टेप वाइ स्टेप माविकी मोक्तानलाई छात्रवृत्ति प्रदान

पोखरा, ३ माघ –

आइएमई लि. र ग्लोबल आइएमई बैंक लि.नेपालद्वारा संयुक्त रुपमा संचालित आइएमई–ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति स्टेप वाइ स्टेप उच्च मावि पोखराका कक्षा २ मा अध्ययनरत छात्रा जेनिसा मोक्तानलाई प्रदान गरिएको छ ।

देशभरबाट प्राप्त आवेदन मध्येबाट जेनिसा मोक्तान छनोटमा परेकी हुन् । विद्यालयको प्राङ्गणमा एक कार्यक्रम गरी ग्लोबल आइएमइ बैंक पोखराका शाखा प्रबन्धक अमृतराज बास्तोला र आइएमई लि.का गण्डकी धौलागिरी अञ्चल इन्चार्ज किशोर शर्माले संयुक्त रुपमा विद्यालयका संयोजक सूर्यप्रसाद लम्साललाई चेक हस्तान्तरण गर्नुभएको थियो भने छात्रा मोक्तानलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा बाँस्तोला र शर्माले उक्त छात्राको उज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त छात्रवृत्रिको रकम एक वर्षभरिको सम्पूर्ण शुल्क रहेको कुरा सूर्य प्रसाद लम्सालले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button