पोखरा, ०३ माघ –
पोखराको अमरसिंह चौरमा जारी छैठौ पोखरा महोत्सवको चौथो दिन २० हजार दर्शकले अवलोकन गरेका छनभने ९० लाखको कारोवार भएको छ । चौथो दिन सम्म आइपुग्दा महोत्सवमा अवलोकनकर्ताहरुको भीड लाग्नुका साथै कारोबारमा बृद्धि हुदै गएको महोत्सव प्रचारप्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए ।
महोत्सवमा आइतबार लोकदोहोरी गायक बिमलराज क्षेत्रीले लोकदोहोरीमार्फत मनोरञ्जन प्रदान गरेका थिएभने स्थानिय कलाकारहरुले समेत दोहोरी प्रस्तुत गरेका थिए । महोत्सवमा सोमबार लोकदोहोरी तर्फ टिका पुन, चोलेन्द्र पौडेल, जीवन दाहाल, प्रदिप त्रिपाठी, रामजी पौडेल, सरला पाण्डे, तुलसा जिसी र शिवहरी ढुंगानाको प्रस्तुती रहनेछभने लाइभ पप कन्सर्ट तर्फ Mt.8848 को प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन संयोजक लोक बहादुर थापाले जानकारी दिए ।
माघ १० गते सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी , पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी गराइरहेकोे महोत्सवका सचिवालय संयोजक सुकवहादुर गुरुङले जानकारी दिए ।
छैठौ संस्करणको महोत्सव बाट आम्दानी हुने महोत्सवको बांकी रकम मध्ये २० – २० प्रतिशतका दरले शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्धनका लागी पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण स्थल लेखनाथको वडा नं. ११, १२ , १४ मा रहेको पचभैया, चायापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रमा खुल्ला चिडियाखाना बनाउन छुट्याईने र प्रत्येक टिकटबाट सेती नदी संरक्षणका लागी छुट्याइने भएको छ । क्लवले अहिले सम्म शिक्षा , स्वास्थ्य र खेलकुदको क्षेत्रमा कास्की र आसपासका छिमेकी जिल्लाका विभिन्न ठाउहरुमा सहयोग गर्दै आइरहेको छ । महोत्सवको छैठौ संस्करण सम्म आइपुग्दा चिडियाखाना निर्माणका लागी १५ लाख रुपैया संकलन गरि राष्टिय बाणिज्य बैक तालचोक शाखा निर्माण समितीको खातामा जम्मा गरिसकेको क्लवले जनाएको छ ।
यसैविच पोखरा महोत्वमा आयोजना गरिएको पोखरा तारा दुई अन्तर्गत सोमबार मंगलवार प्रतिस्पर्धीहरुले स्टेजमा प्रतिस्पर्धाका लागी भिड्ने भएका छन । महोत्सवमा आयोजना गरिएको उक्त कार्यक्रममा ५६ जना सहभागी मध्ये उत्कृष्ठ २७ जनाले महोत्सवको स्टेजमा प्रतिस्पर्धा गरेको र त्सबाट १५ जना छानिन सफल भएको र सोमबार र मंगलबारको प्रस्तुतीबाट टप टेन छनौट गरिने पोखरा तारा दुईका संयोजक सुरज थापाले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution