आहा ! रारा गोल्ड कप मंगलबारदेखि पोखरामा सुरु हुने

पोखरा, ४ माघ –

पोखरा रंगशालामा भोलि (मंगलबार) देखि १४ औं सस्करणको आहा ! रारा गोल्ड कप सुरु हुदै छ । उद्घाटन खेलमा आयोजक सहारा क्लव बिरुद्ध नवजन जागृति युवा क्लव, सिमरा बिच खेल हुने भएको क्लवले जनाएको छ ।

नवजन जागृतिसंग गत बर्ष उद्घाटन खेलमा टाईब्रेकरमा सिकार बन्दै पहिलो चरणबाटै बाहिरिएको सहाराले यस बर्ष वदला लिने मौका पाएको छ । यस बर्षको आहा रारा गोल्ड कपको उद्घाटन खेलमा दुबै तर्फ अफ्रिकि मुलका ३-३ जना विदेशी सहित युवा तथा पाका खेलाडीहरु मैदाना उत्र्रिने तयारी गरेका छन । नवजन जागृतिका म्यानेजर शम्भुसिंह ठकुरीले यस बर्ष पनि आफुहरुको टिम करीब २ महिना प्रशिक्षण गराएर तयारीका साथ पोखरा आएको बताए । उनका अनुसार टिममा आवा, एलभिस, गाण्डो सहितका विदेशी सहित अन्य युवा खेलाडीहरु रहेका छन ।

सहाराका प्रशिक्षक किरण श्रेष्ठले नवजन जागृतिसंग गत बर्षको वदला लिने मौका यस बर्ष भएको बताउदै यस बर्ष आफ्नो टिम केहि मजवुद बनाएको दाबी गरे । तीन हप्तासम्मको तयारीमा आफुहरुले लाउस, मार्सल लगायतका विदेशी खेलाडी सहित युवा तथा पोखरेली खेलाडीहरुलाई समेटेको उनले बताए । पोखराका खेलाडी उत्तम गुरुङको कप्तानमा मैदानमा उत्र्रिने तयारी गरेको सहाराले यस बर्ष पुर्व राष्ट्रिय खेलाडीहरु सहितका १९ बर्ष मुनिका खेलाडीहरु समेत समेटेको छ । शिव श्रेष्ठ, रुपेस केसी, दिनेश श्रेष्ठ, शिव सुवेदी, गौरव थापा, सुजन थापा, सुजित गुरुङ, कमल थापा, सिद्धार्थ रञ्जित, भुपाल गुरुङ, विमल वस्नेत, सुसान गुरुङ लगायतका खेलाडीहरु मैदानमा उत्र्रिदैछन । सहारा क्लवले आहा रारामा एक पटक उपाधि जित्न सफल भएको छ भने नवजन जागृतिले हालसम्म सेृमिफाईनलको यात्रा पनि गर्न सकेको छैन ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन रहेकोे आहा ! रारा गोल्ड कपको १४ औं सस्करणमा  एक करोड आम्दानी गर्ने लक्ष्य राखिएको छ । मोफसलको प्रतिष्ठित उक्त फुटवल प्रतियोगिता यहीे माघ ५ गतेदेखि १६ गतेसम्म पोखरा रंगशालामा संचालन हुने भएको छ भने उक्त प्रतियोगिताबाट एक करोड आम्दानी गर्ने लक्ष्य राखिएको आयोजक सहारा क्लवले जनाएको छ । प्रतियोगितामा ७९ हजार ६२ हजार ३ सय खर्च हुने र २० लाख २९ हजार ७ सय बचत हुने भएको सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । उनका अनुसार बचत रकम क्लवद्धारा संचालित सहारा एकेडेमीमा रहेका कठिन परिस्थिति एवं विपन्न वर्गका १६ जिल्लाका २६ जना बालकको भरणपोषण र शिक्षामा खर्च गरिने छ । त्यसै गरी रुस्लान थ्रीस्टार क्लव, लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्गदी क्लव, नवजन जागृति युवा क्लव, सिमरा, त्रिभुवन आर्मी क्लव, नेपाल पुलीस क्लव, सशस्त्रको एपीएफ क्लव, रमझप झापा ११, सहारा क्लव पोखरा र जावलाखेल युथ क्लवले प्रतियोगितामा सहभागि हुने भएको क्लवले जनाएको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ आयोजना हुने प्रतियोगितामा तीन विदेशी सहित १२ टिमको सहभागिता रहने आचार्यले जनाए । आचार्यका अनुसार आहा ! रारा गोल्ड कपको १४ औं सष्करणमा तीन विदेशी भारतको ईन्डियन आर्मी गोर्खा ब्रिगेट टिम, भारतकै अर्को टिम युनाईटेड सिक्किम एफ.सी. र बंगलादेशको रहमदगञ्ज एम. एफ सोसाईटी सहभागि हुने भएका छन ।

प्रतियोगिताको पुरस्कार राषिमा समेत यस बर्ष बृद्धि गरीएको क्लवका महासचिव केशवराज बरालले बताए । उनका अनुसार विजेतालाई ५ लाख एक हजार एक रुपैया, उपविजेतालाई २ लाख ५१ हजार एक रुपैया साथा ट्रफि मेडल प्रमाण पत्र वितरण गरीने भएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नेपाल जेनरल मार्केर्टिङ प्रालिबाट प्रायोजित एक थान ड्यास हिरो स्कुटर प्रदान गरीने भएको छ । प्रतियोगिताको उत्कृष्ट पाँच विधा वेष्ट किप्पर, वेष्ट डिफेन्स, बेष्ट मिड फिल्डर, बेष्ट स्ट्राईकर, बेष्ट कोचलाई जनहि १५ हजारको दरले पुरस्कार प्रदान गरीने भएको छ । त्यसै गरी सर्वाधिक गोलकर्तालाई भने २५ हजार, अनुसासित टिमलाई भने १५ हजार प्रदान गरीने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button