
पोखरा, ४ माघ –
पोखरा सहित कास्कीमा पर्सि डिजल वितरण हुने भएको छ । कास्की क्षेत्रका ३३ ओटा पेट्रोल पम्पहरुबाट पर्सि २ लाख ४० हजार लिटर र ४००० हजार लिटर पेट्रोल डिजेल वितरण हुने भएको छ।
तोकिएको पेट्रोलपम्प हरुमा लामा दुरीका वसलाई ८ हजार, लामा दुरीका ठुलो ट्रकलाई ८ हजार, ग्रामिण रुटमा चल्ने बसलाई ४ हजार, मिनि वसलाई ३ हजार ५ सय, हायस माईक्रोलाई ३ हजार ५ सय, नगरबस-वेगनास बसलाई ४ हजार, मिनि, मझौला र लोकल ट्रकहरुलाई ३ हजार, अन्य निजी डिजेल कार, जिपहरुलाई २ हजार ५ सय, ठूलो ट्याक्टरहरुलाई १ हजार ५ सय , साना ट्याक्टरहरुलाई ५ सय, पर्यटन ठूला बसहरुलाई ६ हजार, पर्यटन साना सवारीहरुलाइ २ हजार ५ सय, खुद्रा माल ढुवानी गाडीहरुलाई २ हजारका दरले डिजेल उपलब्ध गराईनेछ ।
भोलिको लागि डिजल वितरण हुने पम्प र स्थानहरु –
निर्णय नं.२ उपरोक्त पेट्रोल पम्पहरुबाट निम्न वमोजिमको डिजेल उपलब्ध गराउने ।
क. लामो दुरीको ठुलो ट्रक, वस– रु. ८०००।– बराबरको
ख. ग्रामिण रुटमा चल्ने ठूलो बस – रु.४०००।– बराबरको
घ. मिनि वस – रु. ३५००।– बराबरको
ङ. हायस बस – रु. ३५००।– बराबरको
च. नगरबस÷वेगनास बस – रु. ४०००।– बराबरको
छ. मिनि, मझौला र लोकल ट्रकहरु – रु.३०००।– बराबरको
ज. अन्य निजी डिजेल कार, जिपहरु – रु. २५००।– बराबरको
झ. ठूलो ट्याक्टरहरु – रु.१५००।– बराबरको
ञ. साना ट्याक्टरहरु – रु.५००।– बराबरको
ट. पर्यटन ठूला बसहरु रु.६०००।– बराबरको
ठ. पर्यटन साना सवारीहरु रु.२५००।– बराबरको
ड. खुद्रा माल ढुवानी गाडीहरु रु.२०००।– बराबरको
निर्णय नं.३ः उपरोक्तानुसारको वितरण हुने २४० के.एल. डिजेल र ४ के.एल. पेट्रोल नेपाल आयल निगम गगनगौडाले मिति २०७२।१०।५ गते २ बजेसम्ममा सम्बन्धीत पम्पहरुमा उपलब्ध गराउने ।
निर्णय नं.४ः वृटिश गोर्खा वेलफेयर, दिपको लागि ३००० लि. डिजेल उपलबध गराउने
निर्णय नं.४ः कास्की जिल्लाको पेट्रोलियम पदार्थको वितरण सम्वन्धी कार्यको अनुगमन तथा निरीक्षण गर्ने प्रयोजनको लागि देहाय बमोजिमको समिति गठन गरी वितरण प्रकृयालाई थप प्रभावकारी बनाउने निर्णय गरियो ।
(क) लेखनाथ पारीको क्षेत्रमा ः
१. राजन नेपाल, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघ – सदस्य
(ख) पोखरा क्षेत्रमा ः
१. प्रशुराम अधिकारी, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, पोखरा उद्योग बाणिज्य संघ – सदस्य
उपरोक्त बमोजिमको अनुगमन तथा निरीक्षण समितिले पम्पहरुको शुरु तथा अन्तिम मास्टर मिटर रिड गरी पारित नीति बमोजिम वितरण भए, नभएको अनुगमन गरी वितरणको प्रभावकारिता सुनिश्चित गर्नेछ । यसैबिच प्राप्त जानकारी अनुसार आपूर्ति मन्त्रि गणेश मान पुनले नेपाल आयल निगमसंग पेट्रोलियम पदार्थको पर्याप्त मौजात रहेको भन्दै वितरण व्यवसायलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।