पोखरामा भोलि जानकीको २०७२ वटा ग्यास सि.वितरण हुने – कहाँ कति विवरण सहित

पोखरा, ४ माघ –

पोखरामा भोलि जानकीको २  हजार ७२ वटा खाना पकाउने एल.पी. ग्याँस वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार जानकीको २ हजार ७२ वटा आधा ग्याँस सिलिण्डर कास्की जिल्लाको पोखरा क्षेत्रमा रहेका ग्याँसका१६ वटा  बिक्रि केन्द्र बाट वितरण हुने भएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara

                             पोखरामा मिति २०७२।१०।५ गते जानकीको ग्याँस निम्न विक्रेताहरुबाट निम्न परिमाणमा वितरण गरिदैछ-

janaki gas

यसैबीच ग्याँस लिनको लागि प्रत्येक डिलरकोमा विगतको विक्री परिमाणको अनुपातमा संख्या निर्धारण गरी ग्याँस झार्ने व्यवस्था सम्बन्धित ग्याँस कम्पनीले मिलाउनु पर्ने समेत जिल्ला प्रशासन कार्यलयले जनाएको छ । सम्बन्धीत विक्रेताको नाममा परेको संख्याको ग्यास लाइनमा वितरण नगरिकन हालसम्म नपाएका सहायक विक्रेतालाई प्राथमिकता दिई उपलब्ध गराई विक्रि वितरण गर्ने र प्रत्येक सहायक विक्रेताले पहिले आउने उपभोक्ता सम्वन्धित कम्पनीको खाली सिलिण्डर बुझाएपछि रु.७००।– (सातसय) तिरी ७.१ के.जी. को ग्याँस सिलिण्डर पाउने प्रशासनले उल्लेख गरेको छ। ग्याँस विक्री वितरण गर्दा खटिएका सुरक्षाकर्मी, स्थानीय नागरिक समाज, टोल सुधार समिति, आमा समूहको रोहवरमा उपभोक्ताको नाम, ठेगाना, उपभोक्ताको मोवाइल नं. र हस्ताक्षर सहितको अभिलेख राखी वितरण गर्न र सो को अभिलेख जिल्ला प्रशासन कार्यालय, कास्कीमा बुझाउनु पर्ने समेत प्रशासनले उल्लेख गरेको छ  ।

ग्यास  वितरणमा सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले समन्वयात्मक रुपमा मिलाउने   प्रशासनले जनाएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button