पोखरा, ४ माघ –
पुर्व फुटवल खेलाडी क्याप्टेन गणेश गुरुङ् १४ औं संस्करणको आहा रारा गोल्ड कपमा सम्मानित हुने भएका छन । फुटवल खेलको विकासमा लामो समय देखि लाग्दै आएका क्याप्टेन गुरुङलाई उक्त प्रतियोगिताको उद्घाटन सत्रको अवसरमा उनलाई सम्मान गर्न लागिएको सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए ।
कास्की जिल्ला खिलाङ्ग पार्चे गा. वि. स. वडा नं. ३ निवासी बुवा गुमानसि गुरुङ् आमा लाल कुमारी गुरुङ्को कोखबाट सन १९४२ जन्मेका उनी वि. सं. २०१६ साल देखी २०३८ साल सम्म फुटबल खेलमा आफुलाई समर्पित गराएका थिए । रोजगारको सिलसिलामा ब्रिटिस गोर्खा आर्मीमा भर्ति भई क्याप्टेन पदमा निवृत्त भएका उनी, ब्रिटिस गोर्खा आर्मी रातोको टिम क्याप्टेन बन्दै बटालाईन टिम, आर्मी टिम, जोईन सर्भिस टिमको नेतृत्व समेत गरेका थिए ।
साथै गण्डकी अञ्चल स्तरिय नरट्रफी कप २०२९ पोखराको टिम कोच एवं टिम क्याप्टेन भई प्रथम स्थान हासिल, जन्मोत्सव कप २०३२ काठमाण्डौं प्रथम स्थान हासिल र मनु मुकुन्द रनिङ्ग ट्रफी ( करुवा कप पाल्पा) २०३८ मा म्यान अफ दि म्यान हुन सफल भएका थिए । उनले तत्कालिन अवस्थामा गण्डकी अञ्चल स्तरिय विभिन्न फुटबल प्रतियोगिताहरुमा सहभागी भएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution