पोखरा, ४ माघ –
गिरी कम्प्लेक्स, न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले पोखरा–३, नदिपुरमा मृगौलासम्बन्धी निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम गर्ने भएको छ।
कन्या क्याम्पस पोखराको रजत वर्षको अवसरमा सोही क्याम्पसकै व्यवस्थापनमा हुने कार्यक्रममा मृगौला रोगसम्बन्धी विषेश विशेषज्ञता हासिल गरेका डा अभिषेक मास्केले मृगौला रोगका कारण, निदानका तरिका र रोगबाट बाच्ने उपायमाथि प्रकाश पार्ने युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए। पन्तले ल्याबले सामाजिक उत्तरदायित्व वोध गर्दै निःशुल्क रुपमा यसअघि १३ शिविर गरिसकेको जनाए।
टोल विकास संस्था समन्वय समिति पोखरा–३, त्यस क्षेत्रका टोल विकास संस्था, आमा समूह र स्थानीयको सक्रियतामा हुने शिविरमा अन्य सबै प्रकारका रक्त परीक्षणमा समेत ५० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution