व्रह्मा बाबाको पुण्यतिथिमा विश्व शान्ति दिवस

पोखरा, ४ माघ –

 व्रह्मकुमारी इश्वरिय विश्व विद्यालयका संस्थापक प्रजापिता ब्रह्मा बाबाको ४७ औं पुण्यतिथिलाई विश्व शान्ति दिवसका रुपमा मनाइएको छ ।

विश्वभर इश्वरीय विश्व विद्यालयका शाखाहरुमा पुण्यतिथिलाई विश्व शान्ति दिवसका रुपमा मनाइएको हो । सोहि अनुरुप नयाँवजार शाखामा पनि विश्वशान्तिका लागि योग भन्ने उद्घोषका साथ रोजयोग कार्यक्रमको आयोजना गरि मनाएएको छ । साथै बाबाको विशेषताका बारेमा चर्चा परिचर्चा समेत गरिएको थियो ।

baba 2

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बाबाको तश्विरमा माल्यार्णण गर्दै कार्यक्रमको उद्घाटन गरे । उनले ब्रह्मा बाबाले गरेका कार्यहरुलाई अनुकरण गर्दै समाजका लागि योगदान पुरयाउन सकेमात्र बाबाप्रति श्रद्धाञ्जलि अर्पण हुनेमा जोड दिए । कार्यक्रममा डा. कालु शमा र डा.रमेहमान जोशी, प्रा डा. दिलवहादुर क्षेत्री, स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद वास्तोला लगायतले वावाप्रति श्रद्धाञ्जली अर्पण गर्दै तश्विरमा माल्यार्णपन गरेका थिए । कार्यक्रमका सभध्यइा राजयोगिनी परणीताले ब्रह्मा बाबाको जिवनी तथा समाज रुपान्तरणमा गरेका योगदानको चर्चा गरेकि थिइन् । उनले बावाले समाज उत्थान र अध्यात्मिक जागरणमा मात्र नभई महिला शसक्तिकरणमा समेत योगदान पुरयाएको दावी गर्दै त्यसको ज्वलन्त उदाहरण संस्थाको नेत्तृत्व नारीहरुले गरेको वताइन् ।

त्यस्तै संस्थाका क्षेत्रीय महासचिव व्रह्म कुमार शैलेषराज वरालले १८ जनवरीका दिन व्रह्मावावाको पुण्य तिथीलाई संस्थाले विश्वका एक सय ४० देशका दश हजार शाखा तथा उपशाखाहरुमा विश्व शान्ति दिवका रुपमा मनाइएको वताए । साथै नेपालका चार सय शाखा तथा उपशाखा र सात सय इकाई शाखाहरुमा र पोखराका १७ शाखा तथा ५छ इकाई शाखाहरुमा समेत विविध कार्यक्रमका साथ राजयोगका माध्यामद्वारा श्रद्धासुमन व्यक्त गरीएको वताए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button