पोखरा, ०४ माघ –
रेवान पोखराले कास्कीको लाचोकमा आर्थिक सहयोग प्रदान गरेको छ । रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले लाचोकको श्री बालकल्याण प्रावि र सुनौलो पाटन आमा समुहका प्रतिनिधीहरुलाई एक समारोहका विच जनही साढे बाह्र हजारका दरले आर्थिक सहयोग प्रदान गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणाखर दवाडी र आमा समुहका अध्यक्ष ममता हमालले सहयोग रकम बुझेका थिए ।
मन्दिर निर्माण कार्यमा लागेको आमा समुहलाई नमस्ते प्रतिष्ठान नेपालले पनि साढे बाह्र हजारनै आर्थिक सहयोग प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष भिष्मराज पौडेलले उक्त रकम हस्तान्तरण गरेका हुन् । प्रतिष्ठानले लाचोकमा महिला शसक्तिकरण परियोजना पनि सञ्चालन गरेको छ ।
रकम हस्तान्तरण गर्दै रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले रेवानले सामाजिक उत्तरदायित्व वहन गर्न विगतका वर्षदेखि गर्दै आएको सहयोगलाई यसवर्ष पनि निरन्तरता दिएको बताए । साथै उनले विद्यालयलाई स्टेशनरि तथा खेलकुद सामग्री सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । कार्यक्रममा रेवान पोखराका सचिव विष्णु बानियाँ, कोषाध्यक्ष विश्वराज पौडेल लगाएतले आ–आफ्नों भनाई राखेका थिए । उनीहरुले पोखराको नजिकै रहेको लाचोकलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सकिने भन्दै यसतर्फ सहकार्य गर्न तत्पर रहेको जनाए । त्यहाँ सम्म पुग्ने बाटोको उचित व्यवस्थापन गर्न सकिए गाउँका कृषिजन्य उत्पादनलाई सहजै बजारिकरण गर्न सकिने उनीहरुको भनाई थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution