निर्मल पोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

पोखरा, ०४ पौष –

स्व. ओम बहादुर भण्डारीको स्मृतिमा माघ ७ गते विहिबार निर्मल पोखरी३, चिलाउनेखर्क (चिसापानी)मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नमस्ते हस्पिटल एण्ड रिमोर्ट हेल्थ सर्भिस सेन्टर पोखराको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने कार्यक्रमका संयोजक नारायणबहादुर भण्डारीले बताएका छन्। स्वास्थ्य उपचारमा विभिन्न समस्या भई शहर बजारसम्म जान नसकेका असक्त र स्वास्थ्य प्रतिको जनचेतना जगाउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको समेत भण्डारीले जानकारी दिएका थिए।

सिद्धार्थ युवा क्लब, आमा समूह र सृजना आमा समूहद्वारा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा नमस्ते हस्टिपलका मुटु तथा मधुमेह रोग विशेषज्ञ डा. मानबहादुर गुरुङ र स्वदेशी तथा विदेशी डाक्टरहरु समेत उपस्थित रहने सिद्धार्थ युवा क्लबका अध्यक्ष बसन्त रानाले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button