पोखरा महोत्सवमा राखिएको चिडियाखाना निर्माण डकुमेन्ट्री हेर्ने दर्शकको भीड

  • पोखरा न्यूज
  • २०७२ माघ ४
पोखरा महोत्सवमा राखिएको चिडियाखाना निर्माण डकुमेन्ट्री हेर्ने दर्शकको भीड

पोखरा, ०४ माघ –

युनाइटेड क्लवको आयोजनामा पोखरा अमरसिंह चौरमा जारी छैठौ पोखरा महोत्सव पांचौ दिनपनि जारी रहेको छ । पांचौ दिन सोमबार महोत्सवमा २० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छनभने ८० लाखको कारोबार भएको छ । माघ १० गते सम्म सञ्चालन हुने महोत्सवमा अवलोकनका लागी पोखरा र आसपासका दर्शकहरुले सहभागीता जनाइरहेको महोत्सवका प्रचार प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए ।

महोत्सवमा राखिएको पोखरा अन्तराष्ट्रिय चिडियाघरको नमुना भिडियो प्रदर्शनीमा २५ हजार वढी दर्शकहरुले दृश्यावलोकन गरेको महोत्सव पर्यटन प्रवद्र्धन संयोजक भुवन ढकालले जानकारी दिए । दृश्यावलोकनमा सहभागी दर्शकहरुले युनाइटेड क्लवले महोत्सव बाट पोखरामा चिडियाखाना बनाउन तर्फ अगाडी वढिरहेको सन्दर्भमा चिडियाखानाको अवधारणा लाई भिडियोमा देखाएकोमा खुसी ब्यक्त गर्ने गरेको र आगामी दिनमा यसलाई पूर्णता दिनका लागी सुझाव दिने गरेको समेत ढकालले जानकारी दिए ।

pokhara mahotsav 2

महोत्सवमा सोमबार लोकदोहोरी तर्फ लोकगायिका टिका पुनले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेकी थिइनभने स्थानिय कलाकारद्धारा दोहोरीमार्फत मनोरञ्जन प्रदान गरेको महोत्सवका कलाकार ब्यवस्थापन संयोजक लोक बहादुर थापाले जानकारी दिए । महोत्सवमा मंगलवार लोकदोहोरी तर्फ राधिका हमाल, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, जीवन दाहाल, कृष्ण सुवेदी, ज्योती लोहोनी, माया केसी, दिल कुमारी मोक्तान लगायतको प्रस्तुती रहने छभने पप कन्सर्ट तर्फ सविन राई एण्ड इलेक्ट्रिक्सको प्रस्तुती रहने समेत थापाले जानकारी दिए ।

पुस १० गते सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी , पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी गराइरहेकोे महोत्सवका सचिवालय ब्यवस्थापक सुकवहादुर गुरुङले जानकारी दिए ।

छैठौ संस्करणको महोत्सव बाट आम्दानी हुने महोत्सवको बांकी रकम मध्ये २० – २० प्रतिशतका दरले शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्धनका लागी पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण स्थल लेखनाथको वडा नं. ११, १२ , १४ मा रहेको पचभैया, चायापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रमा खुल्ला चिडियाखाना बनाउन छुट्याईने र प्रत्येक टिकटबाट सेती नदी संरक्षणका लागी छुट्याइने भएको छ । क्लवले अहिले सम्म शिक्षा , स्वास्थ्य र खेलकुदको क्षेत्रमा कास्की र आसपासका छिमेकी जिल्लाका विभिन्न ठाउहरुमा सहयोग गर्दै आइरहेको छ । महोत्सवको छैठौ संस्करण सम्म आइपुग्दा चिडियाखाना निर्माणका लागी १५ लाख रुपैया संकलन गरि राष्टिय बाणिज्य बैक तालचोक शाखा निर्माण समितीको खातामा जम्मा गरिसकेको क्लवले जनाएको छ ।

यसैविच महोसत्सवको प्रत्येक दिन महोत्सव स्थलमा सरसफाइलाई प्राथमिकता दिदै आएको महोत्सवका सरसफाइ संयोजक शान्त वहादुर थापाले जानकारी दिए । प्रत्येक दिन स्टल बन्द भएपछि सरसफाइ गरिने गरेको समेत उनले वताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस