पोखरा महोत्सवमा मंगलबार मात्रै डेढ करोडको कारोवार

  • पोखरा न्यूज
  • २०७२ माघ ५
Post Thumbnail

पोखरा ०५ माघ-
पोखराको अमरसिंह चौरमा जारी छैठौ संस्करणको पोखरा महोत्सवमा कारोवारमा उल्लेख्य बृद्धि भएको छ । महोत्सवमा राखिएका स्टलहरुमा विषेशगरी जाडोका सामाग्रीहरुको बिक्री उल्लेख्य मात्रामा वढेको आयोजकले जनाएको छ । महोत्सवको छैठौ दिन मंगलबार १५ हजार दर्शकले अवलोकन गरेका छनभने १ करोड ५० लाखको कारोवार भएको छ । देशमा नाकाबन्दी जस्तो विषम परिस्थीतिमा पनि दर्शकहरुको उल्लेख्नीय सहभागीता जनाएरहेका छन । महोत्सवमा सहभागी दर्शकहरु प्रति महोत्सवका प्रचार प्रसार संयोजक लालकाजी गुरुङले आभार प्रकट गरेका छन । त्यस्तै महोत्सवमा विषेशगरी जाडो याममा प्रयोग हुने सामाग्रीहरुको बिक्री बढेकाले महोत्सवमा दिन प्रतिदिन कारोबार बृद्धि भएको अर्थ तथा स्टल उप समितीका संयोजक राजु श्रेष्ठले वताए ।

महोत्सवमा मंगलवार लोकदोहोरी तर्फ राधिका हमाल, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, जीवन दाहाल, कृष्ण सुवेदी, ज्योती लोहोनी, माया केसी, दिल कुमारी मोक्तान लगायतले लोकदोहोरी मार्फत मनोरञ्जन प्रदान गरेका थिए । महोत्सवको सातौ दिन बुधवार लोकदोहोरी तर्फ पशुपति शर्मा, चोलेन्द्र पौडेल, सीता केसी, रामजी पौडेल, जीवन दाहाल, मञ्जु बिक, जय कुमार परियार, पोखरेली धुर्मुस र माग्नेबुढाको हास्य ब्यङग्य प्रहसनका साथै लाइभ पप तर्फ निमा रुम्बा एण्ड द लिजेन्टको प्रस्तुती रहने कलाकार ब्यवस्थापन संयोजक लोक बहादुर थापाले जानकारी दिए ।

माघ १० गते सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी , पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी गराइरहेकोे महोत्सवका सचिवालय ब्यवस्थापक सुकवहादुर गुरुङले जानकारी दिए ।

छैठौ संस्करणको महोत्सव बाट आम्दानी हुने महोत्सवको बांकी रकम मध्ये २० ÷२० प्रतिशतका दरले शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्धनका लागी पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण स्थल लेखनाथको वडा नं. ११, १२ , १४ मा रहेको पचभैया, चायापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रमा खुल्ला चिडियाखाना बनाउन छुट्याईने र प्रत्येक टिकटबाट सेती नदी संरक्षणका लागी छुट्याइने भएको छ । क्लवले अहिले सम्म शिक्षा , स्वास्थ्य र खेलकुदको क्षेत्रमा कास्की र आसपासका छिमेकी जिल्लाका विभिन्न ठाउहरुमा सहयोग गर्दै आइरहेको छ । महोत्सवको छैठौ संस्करण सम्म आइपुग्दा चिडियाखाना निर्माणका लागी १५ लाख रुपैया संकलन गरि राष्टिय बाणिज्य बैक तालचोक शाखा निर्माण समितीको खातामा जम्मा गरिसकेको क्लवले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस