कांग्रेस पोखरा नगर शभापतिमा कार्कीको उमेदवारी घोषणा

  • पोखरा न्यूज
  • २०७२ माघ ६
Post Thumbnail

पोखरा ६, माघ-

नेपाली कांग्रेसको पोखरा उपमहानगरपालिका कार्यसमितिको शभापतिका लागि बिमलबहादुर कार्कीले आफ्नो उमेदवारी घोषणा गरेका छन् ।कांग्रेसको आसन्न अधिवेसनको मिती नजिकिदै गर्दा कार्कीले बुधवार आफ्ना शुभचिन्तक, कार्यकर्ता तथा संञ्चारकर्मिहरुमाझ आफ्नो उमेदवारी घोषणा गरेका हुन् । कांग्रेसको गाउँ, वडा तथा नगरपालिकाको अधिवेशन आउन नौ दिन बाँकी रहदा अ‍ैोपचारीक रुपमा उमेदवारी घोषणा गर्ने कार्की नै पहिलो बनेका छन् ।उमेदवारी घोषणासँगै उनले पोखरा नगर कार्यसमितिलाई कस्तो बनाउने भन्नेवारे भावी रणनिती पनि सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको घोषणापत्रमा पोखरा नगर शभापति आफुलाई बनाईए नगरका हरेक कांग्रेसी सदस्यहरुलाई सामाजिक विकासमा अभिप्रेरीत गराउने लक्ष्य लिईएको छ ।

“पोखराभित्रका सबै कांगे्रस सदस्यहरु अब सामाजिक बिकासका लागि तयार रहनुपर्छ जुन आवश्यकता पनि हो ।”, उमेदवारी घोषणा गर्दै कार्कीले भने । उनले आफु निर्वाचित हुन सके कांग्रेस नगरसमितिको छुट्टै कार्यालय स्थापना गर्ने, कम्प्येटर कक्षकोनिर्माण गर्ने, संञ्चार क्षेत्रसँग नजिक बनाउने र संगठनलाई चुस्त राख्न प्रशिक्षणका कार्यक्रम आयोजा गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् । क्रियाशील कांग्रेस सदस्यहरुलाई अब व्यक्तिमुखी नभई कांग्रेसमुखी बनाउने आफ्नो योजना पनि र्काीले प्रतिवद्धता व्यक्त गरे । आफु कुनै पनि गुट उपगुटका पछि लागेर उमेदवारी घोषणा नगरेको भन्दै आम कांग्रेस कार्यकर्ताको विश्वासले आफुलाई नेपाली कांग्रेस पोखरा कार्यसमिति शभापति बनाउने दावी पनि कार्कीले गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस