उप–प्रधानमन्त्रि थापा टेनिस संघ कास्कीको संरक्षक

पोखरा, ६ माघ-
उप–प्रधानमन्त्रि कमल थापालाई कास्की जिल्ला टेनिस संघले संरक्षकमा मनोनयन गरेको छ । बुधबार पोखरा रंगशालामा आयोजित एक समारोहका विच संघ कास्कीका अध्यक्ष विनोद कायस्थले थापालाई संरक्षकको ब्याज प्रदान गरे । उप–प्रधानमन्त्रि थापाले पोखरा टेनिस कम्प्लेक्सको निरिक्षण समेत गरेका थिए । अवलोकन पश्चात आयोजित स्वागत समारोहमा बोल्दै उनले कास्की टेनिसको गतिविधीबाट आफु हर्षित भएको बताए । ‘पोखराले विगतमा टेनिसका राम्रा खेलाडी उत्पादन गरेको हो, भविष्यमा पनि गर्ने छ भन्ने मलाई विश्वास छ’ थापाले भने । साथै उनले पोखरा रंगशालाभित्र बन्दै गरेको टेनिस कम्प्लेक्सलाई सरकारी स्तरबाटै आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धजा जाहेर गरे ।

टेनिस खेलाडी समेत रहेका थापाले पोखरामा टेनिस खेल्न समेत भ्याए । आफ्नैं ¥याकेट लिएर आएका थापाले दोर्जे लामा र शक्ति शर्मासंग एक एक सेट खेले । थापाले लामालाई ६–० मा पराजित गरे भने पोखराका युवा खेलाडी शक्तिले थापालाई ६–१ मा पराजित गरेका थिए ।यसैविच कास्की जिल्ला टेनिस संघको अधिवेशन आउँदो फागुण ७ गते हुने भएको छ । संघ कास्कीको कार्यालय पोखरा रंगशालामा बुधबारनै बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा भर्खरै पोखरामा सम्पन्न १३ औं पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिताको समिक्षा पनि गरिएको थियो । बैठकमा विभिन्न उपसमितिमा रहेका संयोजकहरु बसन्त प्रधान, राजन पौडेल, रितु गुरुङ्ग, विकाश गुरुङ्ग, राजु गुरुङ्ग, नविन चालिसे लगाएतले आ–आफ्नों प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button