राष्ट्रिय मुक्तक पुरस्कारका लागि प्रतिभा छनोट समिति

  • पोखरा न्यूज
  • २०७२ माघ ६
Post Thumbnail

पोखरा,  ६ माघ-
मुक्तक मञ्च, पोखराले हरेक दुई वर्षमा प्रदान गर्ने राष्ट्रिय मुक्तक पुरस्कार २०७२ का लागि साहित्यकार तीर्थ श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय प्रतिभा छनोट समिति गठन गरिएको छ ।समितिका सदस्यहरुमा सल्लाहकारद्वय दीपक समीप र रुपिन्द्र प्रभावी तथा पदेन सदस्यमा मञ्चकी अध्यक्ष सरला लामिछाने ‘सरु’ र पुरस्कारका संस्थापक विष्णु अल्पविराम रहनुभएको छ ।

मुक्तकको उत्थानः हाम्रो अभियान भन्ने मूल उद्घोषसहित क्रियाशील मञ्चले सञ्चालन गर्ने गरी साहित्यकार विष्णु अल्पविरामले १ लाख ६६ हजार ६६६ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । सो अक्षयकोषबाट हरेक दुई वर्षमा नेपाली मुक्तकका क्षेत्रमा लागेका एक जना प्रतिभालाई मञ्चले रु ११ हजार १ सय ११ रुपैयाँसहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गर्दै आएको छ । नेपाली साहित्यका अन्य विधामा प्रशस्त पुरस्कार स्थापना भए पनि मुक्तक लोकप्रिय विधा भएर पनि कुनै पुरस्कार स्थापना नभएको भन्दै अल्पविरामले सो पुरस्कार स्थापन गरिएको बताउनुभयो । यसअघि पहिलो पटक पुरस्कार स्व. कृष्णप्रसाद पराजुलीलाई प्रदान गरिएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस