पोखरामा बिहिबार शैक्षिक प्रतिष्ठानहरुको २० हजार लि. डिजेल वितरण हुने- विवरण सहित

पोखरा, ०६ माघ –

पोखरामा बिहिबार शैक्षिक प्रतिष्ठानहरुको २० हजार लिटर डिजेल वितरण हुने भएको छ । जिल्लाका शैक्षिक प्रतिष्ठानहरुको लागि जुपिटर ट्रेडर्स विजयपुर ४ हजार, गण्डकी पेट्रोलियम कंपनी पोखरा ४ हजार,  बि.एस. आयल स्टोर्स पोखरा ४ हजार, वृहस्पती आयल पोखरा ४ हजार, उत्तम आयल पोखरा ४ हजार गरि  २० हजार लिटर डिजेल ति पम्पहरुबाट २०७२।१०।७ गते बिहिबार वितरण गर्ने गरी उपलब्ध गराउने प्रशासनले जनाएको छ ।

शैक्षिक प्रतिष्ठानहरुको लागि वितरण हुने उत्त  डिजेल नेपाल आयल निगम गगनगौडाले मिति २०७२।१०।६ गते साझसम्ममा सम्बन्धीत पम्पहरुमा उपलब्ध गराउनुपर्ने प्रशासन बाट जारी गरिएको सुचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button