पोखरा महोत्सवको सातौ दिन बुधबार डेढ करोडको कारोवार

  • पोखरा न्यूज
  • २०७२ माघ ६
Post Thumbnail

पोखरा, ०६ माघ-
पोखराको अमरसिंह चौरमा जारी छैठौ संस्करणको पोखरा महोत्सव सातौ दिन पनि जारी रहेको छ । महोत्सवम दर्शकहरुको उल्लेख्य सहभागीता रहेको छभने कारोबारमा समेत दिन प्रतिदिन बृद्धि हुदै गइरहेको छ । महोत्सवको सातौ दिन १५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका छनभने १ करोड ५० लाखको कारोवार भएको महोत्सवका प्रचार प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए ।

विषम परिस्थितीका बावजुद पनि महोत्सवको आयोजना गरिएको र महोत्सवमा दर्शकहरु उल्लेखनीय सहभागीताले आफुहरुमा हौसला बढेको समेत प्रचार प्रसार संयोजक गुरुङले जानकारी दिए । महोत्सवमा २ सय भन्दा वढी स्टल रहेको र प्रत्येक स्टलको कारोबार राम्रो भएकोले कारोबारमा बृद्धि आएको अर्थ तथा स्टल उप समितीका संयोजक राजु श्रेष्ठले वताए ।

महोत्सवमा बुधवार लोक गायक पशुपति शर्माले उपस्थित दर्शकहरुलाई लोकदोहोरी मार्फत मनोरञ्जन प्रदान गरेका थिएभने पोखरेली माग्नेबुढा र धुर्मुसले हास्यब्यङग्य प्रहसन मार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेको महोत्सवका कलाकार ब्यवस्थापन समितीका संयोजक लोक बहादुर थापाले जानकारी दिए । महोत्सवमा बिहीबार लोकदोहोरीतर्फ बद्री पंगेनी, चोलेन्द्र पौडेल, जीवन दाहाल, सुरेन्द्र गुरुङ, पार्वती जिसी, केशव दाहाल र चन्द्रा कार्कीको प्रस्तुती रहनुका साथै लाभइ पप ब्याण्ड तर्फ नाइन्टीन सेभेन्टी फोर ए डी द न्यु लाइन अफको प्रस्तुती रहने समेत संयोजक थापाले जानकारी दिए।

माघ १० गते सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी , पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी गराइरहेकोे महोत्सवका सचिवालय ब्यवस्थापक सुकवहादुर गुरुङले जानकारी दिए ।

छैठौ संस्करणको महोत्सव बाट आम्दानी हुने महोत्सवको बांकी रकम मध्ये २० ÷२० प्रतिशतका दरले शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्धनका लागी पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण स्थल लेखनाथको वडा नं. ११, १२ , १४ मा रहेको पचभैया, चायापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रमा खुल्ला चिडियाखाना बनाउन छुट्याईने र प्रत्येक टिकटबाट सेती नदी संरक्षणका लागी छुट्याइने भएको छ । क्लवले अहिले सम्म शिक्षा , स्वास्थ्य र खेलकुदको क्षेत्रमा कास्की र आसपासका छिमेकी जिल्लाका विभिन्न ठाउहरुमा सहयोग गर्दै आइरहेको छ । महोत्सवको छैठौ संस्करण सम्म आइपुग्दा चिडियाखाना निर्माणका लागी १५ लाख रुपैया संकलन गरि राष्टिय बाणिज्य बैक तालचोक शाखा निर्माण समितीको खातामा जम्मा गरिसकेको क्लवले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस