पाहुना टोली गोर्खा ब्रिगेड आहा राराको क्वाटरफाईनलमा प्रबेस

पोखरा, ६ माघ-

पाहुना टोली भारतको भारतीय आर्मी गोर्खा ब्रिगेड पोखरामा जारी १४ औं संस्स्करणको आहा ! रारा गोल्ड कपको क्वाटरफाईनलमा प्रबेस गरेको छ । पोखरा रंगशालामा बुधबार भएको दोश्रो प्रि–क्वाटर फाईनल खेलमा गोर्खा ब्रिगेडले विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफलाई पराजित २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा यात्रा बनाएको हो ।

गोर्खा ब्रिगेडको जितमा म्यान अफ दी म्याच घोषित अजय तामाङ र विक्रम राईले एक एक गोलको योगदान दिए भने एपिएफको तर्फबाट प्रविन साङताङले एक गोल गरे । खेलको ११ औं मिनेटमा अजय तामाङले दिएको पास वललाई डि वक्स भित्र रहेका विक्रम राईले गोल गरेका हुन । पहिलो हापका १–० ले पछि परेको एपिएफले दोश्रो हापको १० औं अर्थात खेलको ५५ औं मिनेटमा गोल गरी खेल बराबरीमा पुराएको थियो । सरोज कोईरालाले दिएको क्रस वललाई प्रविन साङताङले पोष्टमा दिशा दिदा वलले जाली चुमेको हो । एपिएफ अन्तिम समयमा सम्हालिन नसक्दा खेलको २९ औं मिनेटमा युवराज खड्काको स्थानमा मैदान छिरेका प्रविन साङताङले गरेको गोल खेर गयो । खेल सकिन ८ मिनेट बाँकी छदा अर्थात खेलको ८२ औं मिनेटमा गोर्खा ब्रिगेडका विक्रम राईको पासलमा अजय तामाङले गोल गरी जित दिलाएका हुन । डि–वक्स नजिकै रहेका तामाङले प्रहार गरेको वललाई विपक्षि गोलरक्षक विक्रम गुरुङको हातबाट फुत्केर गोल भएको थियो । ७ जना अनुभवि खेलाडीहरु विना मैदानमा उत्र्रिएको एपिएफले अन्तिम ८ मिनेट खेल सन्तुलनमा राख्न नसक्दा अन्ततः पाहुना टोलीसंग हार व्यहोर्नु पर्यो ।

एपिएफले अमृत चौधरी, हेमन गुरुङ, रन्जन विष्ट, अन्जन विष्ट, जंबु शेर्पा , आदित्य चौधरी र मानबहादुर तामाङ विना मैदानमा उत्र्रिएको थियो । उक्त खेलाडीहरु राष्ट्रिय टिमा संलग्न भएको कारणले गर्दा उनीहरु आहा रारामा सहभागि हुन सकेनन । एपिएफका प्रशिक्षक कृष्ण थापाले आफुहरुसंग अनुभवी खेलाडी विना मैदानमा उत्र्रिएको कारणले हार व्यहोर्नु परेको बताए । उनले भने“विपक्षिको सुरुवातमै गोल भयो, हाम्रो राम्रो तालमेल मिल्न सकेन जसको फाईदा बिग्रेडले उठाउदा हाम्रो हार भयो । ” गोर्खा ब्रिगेडका प्रशिक्षक नगेन लामाले आफुहरु तयारीका साथ आएकोले नजिता आफ्नो पोल्टामा पार्न सफल भएको दाबी गरे । उनले भने “आहा रारामा राम्रै टिमहरु आउछन , त्यही भएर हामीले पनि एडिभिजनमा खेल्ने टिम ल्याएका हौंै, अर्को खेलमा हाम्रो खेल सुधार हुने छ । ”

गोर्खा ब्रिगेडले माघ १० गते लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लवसंग क्वाटरफाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएको छ । गोर्खा ब्रिगेड ११ औं आहा रारामा जाउला खेल युथ क्लवसंग पहिलो चरणबाटै बाहिरिएको थियो भने एफिएफ आहा रारामा सेमिफाईनबाट माथि यात्रा गर्न सकेको छैन । भोलि विहिबार जाउला खेल युवा क्लव बिरुद्ध त्रिभुवन आर्मी क्लव बिचको खेल दिउँसो २ बजे पछि हुने भएको प्रतियोगिताका संयोजक केशवबहादुर थापाले बताए ।

सहारा एकेडेमीको सहयोगार्थ पोखरामा संचालन भएको उक्त प्रतियोगिता हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउनको मुख्य प्रायोजन रहेकोे छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ आयोजना भएको उक्त प्रतियोगिता माघ १६ गतेसम्म चल्ने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button