सागमा छनौट भएका खेलाडीहरु पोखरामा प्रशिक्षणमा व्यस्त

पोखरा ६, माघ

यस बर्ष मित्र राष्ट्र भारतमा आयोजना हुने १२ औं संस्करणको दक्षिण एसियाली गेम (साग) को मिति नजिक आउदा सागमा छनौट भएका खेलाडीहरुले आफ्नो प्रतिभा तिर्खान प्रशिक्षणमा व्यस्त भएका छन । फेब्रोरीको ६ तारिख देखि १८ तारिखसम्म भारतमा हुने उक्त साग गेमको तयारी राजधानि लगायतका ठाँउहरुमा तिव्रताका साथ अघि बढे पनि पोखरामा पनि उतिकै जोडतोडका साथ प्रशिक्षण भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्तबहादुर गुरुङले बताए । उनले भने “पोखरामा प्रशिक्षणमा रहेका कुनै पनि खेलाडीहरुको लागि सेवा सुविधामा होस वा खानपिनमा र प्रशिक्षणमा हामीले कुनै कन्जुसाई गरेका छैनौं ।”

[embedyt] https://www.youtube.com/watch?v=Zl7dpdUJzi4[/embedyt]

साग गेमको लागि तयारीमा रहेका केहि खेलको राष्ट्रिय वन्द प्रशिक्षण पोखरामा भई रहदा यहाँ प्रशिक्षणमा व्यस्त रहेका उसु, ह्याण्डवल लगायतका खेलाडीहरुमा थप हौसला तथा उर्जा मिलेको उनीहरु बताउछन । सधै जसो राजधानिमा हुने गरेको वन्द प्रशिक्षण यस पाली उसु, ह्याण्डवल, आर्चरीको राष्ट्रिय वन्द प्रशिक्षण पोखरामा भएकोले यहाँ खेलाडीहरुले नौलो वातावरण, नयाँ ठाँउमा सिक्दाको नयाँ जोस तथा जागर पैदा भएको खेलाडीहरु बताउछन ।

सागमा सवै भन्दा धेरै पदक ल्याउने र यस बर्ष पनि बढी पदकको आसा गरीएको उसु खेलका प्रशिक्षक प्रनिल ध्वज कार्कीले बताए । उनले भने “हाम्रो प्रशिक्षण हाल उच्च स्तरको छ, काठमाण्डौमा हुन्थ्यो भने खेलाडीहरुले घरमा काम छ भन्ने गर्थे जसले गर्दा प्रशिक्षणमा केन्द्रीकृत हुदैनथ्यो तर यस पाली हाम्रो प्रशिक्षणमा कुनै कसर बाँकी राखेका छैनौं ।” १० पुरुष र ६ महिला सहित १६ जना खेलाडीको साथमा दैनिक विहान र वेलुका गरी पाँच घण्टा प्रशिक्षण गराउन व्यस्त भएका प्रशिक्षक कार्कीले खानपिन र अन्य सुविधा राम्रो भएपनि खेलाडीहरुले
प्रयोग गर्ने केहि सामाग्रिहरु भने अभाव भएको गुनासो गरे ।

साउथ एसियनका प्राविधिक प्रमुख समेत रहेका प्रशिक्षक कार्कीले यस पाली ५÷६ वटा स्वर्ण पदक ल्याउने आफुहरुको आशा रहेको बताए । उनले भने “यस बर्ष देखि उसुमा हामीले १० ईभेन्टबाट बढाएर १६ पुराएका छौं त्यसैले पनि हामीले यसपाली केहि मेहनतगर्न सके ५÷६ वटा स्वर्ण पदक ल्याउन सकिन्छ । ” अघिल्लो बर्ष मा उसुबाट आङबाबु लामा र विनिता मर्हजनले स्वर्ण पदकजितेका थिए भने यस बर्ष भारतको सिलोङमा फेब्रोरी ६ देखि ८ गतेसम्म आयोजना हुने साग गेममा क कसले स्वर्ण पदक हात पार्लान हेर्न बाँकी छ ।

२०६३ मा श्रीलङकामा भएको १० औं सागमा स्वर्ण पदक जितेका राजकुमार रसाईली देखि पोखरेली खेलाडी तथा एसियन च्याम्पीयनसिप हुन सफल झर्ना गुरुङ सम्मका खेलाडीहरु उसुको राष्ट्रिय वन्द प्रशिक्षणमा रहेका छन । काठमाण्डौंमा भन्दा पोखरामा शान्त र प्रदुषण रहित वातावरण भएकोले यहाँको वातावरण पनि खेलाडीहरुलाई सुहाउदो भएको रसाईलीले बताए । उनले भने सधै एकै ठाँउमा वन्द प्रशिक्षण हुनु भन्दा फरक ठाँउमा हुनु पर्छ, नयाँ ठाँउमा भएको वन्द प्रशिक्षणले हामीलाई धेरै उर्जा दिनुका साथै आत्म वल उच्च गराएको छ ।” प्रशिक्षणको जस्तै उनले पनि आफुहरुलाई आवश्यक पर्ने खेल सामाग्रिहरु नपाएको गुनासो गरे । ५२ केजीको साङसौ फाईट तर्फको तौल समुहमा उनले यस बर्षको सागमा स्वर्ण पदक ल्याउने गरी तयारी गरेको उनले बताए ।

[embedyt] https://www.youtube.com/watch?v=fhP3oBydzLw[/embedyt]

सागमा कास्य पदक हात पार्न सफल भईसकेकी झरना गुरुङले पोखरामा वन्द प्रशिक्षणले गर्दा पहिलाको तुलनामा आफुहरुले राम्रो धेरै सुधार गरेको दाबी गरीन । राम्रो प्रशिक्षण भएकोले प्रशिक्षण राम्रो भएको उनको भनाइ छ।

यसै विच कास्की जिल्ला उसु संघका अध्यक्ष योगेन्द्र बहादुर केसीले पोखरामा उसु लगायतको खेलको वन्द प्रशिक्षण हुनु पोखराकै गौरवको कुरा भएको बताए । उनले भने “खेलाडी भनेका हाम्रा राष्ट्रका गहना हुन, उनीहरुको सम्मानमा हामीले उसुका पदकधारि खेलाडीहरुलाई अझ बढी हौसला बढाउन नगद सहित सम्मान गर्दैछौं ।” उसु र ह्याण्डवल खेलको लागि फिस्टेल हस्पिटलका डाक्टर प्रदिप घिमिरे, कास्की सेवा हस्पिटलका डाक्टर पदम खड्का र आई.एन.एफ.का खड्कसिंह गुरुङले मेडिकलमा निशुल्क रुपमा सेवा गर्दै आएको राखेप सदस्य गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button