पोखरा महोत्सवमा आठौ दिन सम्म आइपुग्दा ८ करोडको कारोवार डेढलाख दर्शक

  • पोखरा न्यूज
  • २०७२ माघ ७
Post Thumbnail

पोखरा ०७ माघ-

छैठौ संस्करणको पोखरा महोत्सवको आठौ दिन सम्म आइपुग्दा १ लाख ४८ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छनभने ८ करोड वरावरको कारोवार भएको छ । महोत्सवको आठौ दिन बिहीबार मात्र १८ हजार दर्शकले अवलोकन गरेका छनभने १ करोड ५० लाख कारोवार भएको आयोजक युनाइटेड क्लवका सचिव तथा महोत्सवका प्रचार प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए ।

देशको बिसम परिस्थिती नाकाबन्दीको बावजुद पनि महोत्सवमा दर्शकको सहभागीता हुदा आफुहरु निकै खुसी रहेको र युनाइटेड क्लवले राखेको उद्देश्य पुरा गर्नका लागी हौसला थपिएको समेत प्रचार प्रसार संयोजक गुरुङले जानकारी दिए । महोत्सवमा विशेषगरी घरायसी सामाग्रीको बिक्री वितरण दिन प्रतिदिन वढिरहेकाले कारोबार राम्रो भएको क्लवका कोषाध्यक्ष तथा अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा दर्शकहरुको सुरक्षालाई विशेष ध्यान दिइएको छ । महोत्सवमा प्रायोजक गर्ने आर एम आर न्युरोडले महोत्सव स्थलभित्र विभिन्न ठाउमा सिसी क्यामेरा जडान गरी महोत्सवको सुरक्षालाई ब्यवस्थित बनाउन सफल भएको छ । आर एम आर इन्फोटेकका सञ्चालक रावत लामाका अनुसार अघिल्लो वर्षहरुमा पनि पोखरा महोत्सवलाई सहयोग गर्दै आएको र यो वर्ष अघिल्लो वर्ष भन्दा विशेष किसिमको क्यामेराहरु जडान गरिएकाले महोत्सवको सुरक्षाको दृष्टीकोणले कोही कसैले नजायज काम गरेको खण्डमा सजिलै पत्ता लगाउन सकिने वताए

महोत्सवमा बिहीबार लोकदोहोरी गायक बद्री पंगेनीले दर्शकहरुलाई एकल तथा दोहोरी गीत मार्फत मनोरञ्जन प्रदान गरेका थिए । पंगेनीले एकल गीत मार्फत दर्शकहरुलाई रुवाएका थिएभने दोहोरीमार्फत नचाएका थिए । महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ ज्याती मगर, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, जीवन दाहाद, केशव देवकोटा, इन्द्रा गुरुङ, तुलसा जिसी, सुरेस भुर्तेलको प्रस्तुती रहने छभने लाइभ पप ब्याण्ड तर्फ आस्था रावतको प्रस्तुती रहने कलाकार ब्यवस्थापन उपसमिती संयोजक लोक बहादुर थापाले जानकारी दिए ।

माघ १० गते सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी , पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी गराइरहेकोे महोत्सवका सचिवालय ब्यवस्थापक सुकवहादुर गुरुङले जानकारी दिए ।

छैठौ संस्करणको महोत्सव बाट आम्दानी हुने महोत्सवको बांकी रकम मध्ये २० ÷२० प्रतिशतका दरले शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्धनका लागी पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण स्थल लेखनाथको वडा नं. ११, १२ , १४ मा रहेको पचभैया, चायापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रमा खुल्ला चिडियाखाना बनाउन छुट्याईने र प्रत्येक टिकटबाट सेती नदी संरक्षणका लागी छुट्याइने भएको छ । क्लवले अहिले सम्म शिक्षा , स्वास्थ्य र खेलकुदको क्षेत्रमा कास्की र आसपासका छिमेकी जिल्लाका विभिन्न ठाउहरुमा सहयोग गर्दै आइरहेको छ । महोत्सवको छैठौ संस्करण सम्म आइपुग्दा चिडियाखाना निर्माणका लागी १५ लाख रुपैया संकलन गरि राष्टिय बाणिज्य बैक तालचोक शाखा निर्माण समितीको खातामा जम्मा गरिसकेको क्लवले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस