बिग आईकनमा टप टेन प्रतिस्पर्धी छनौट

  • पोखरा न्यूज
  • २०७२ माघ ७
बिग आईकनमा टप टेन प्रतिस्पर्धी छनौट

पोखरा, ७ माघ –

उत्कृष्ट १२ मध्ये दुई जना प्रतिस्पर्धीहरु बाहिरिएपछि विग आईकनमा अब उत्कृष्ट १० प्रतिस्पर्धी उपाधीका लागि भिड्ने भएका छन् । औद्योगिक क्षेत्रकी अदिति शर्मा, लााचौरका कमल केसी, मालेपाटनकी अनु गुरुङ, बाग्लुङकी अम्बिका पुन, लेकसाईडकी प्रमिला बराल, कास्कीकोटकी ममता गुरुङ, चितवनका साजन आले, तनहुँकी सृष्टि गुरुङ, ड्यामसाईडका सौगात गुरुङ र लेकसाईडका प्रदीप सुनाम उत्कृष्ट १० मा छनौट भएका हुन् ।

विहिबार भएको अडिसनबाट सोनुकुमार बिक र मनोज पुन बाहिरिएका हुन् । उत्कृष्ट १० पछि विग आईकन केहि फरक ढंगले अगाडि बढ्ने आयोजक संस्था विग एफएमले जनाएको छ । ‘अहिलेसम्म निर्णायकको निर्णयबाट मात्रै यहाँसम्म आईपुगेका प्रतिस्पर्धीहरुले आगामी चरणमा अगाडि बढ्न भने एसएमएस भोटिङको पनि भर पर्नुपर्ने हुन्छ ।’ विग एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले भने–‘त्यसैगरि अहिलेसम्म गितार र पियानोमा मात्रै गीत गाउँदै आएका प्रतिस्पर्धीहरुले अन्य थुप्रै बाजागाजामा गीत गाउनेछन् ।’

एफएमले दिएको जानकारी अनुसार अबका दिनमा उत्कृष्ट तीनसम्म हरेक अडिसनबाट एक जनामात्रै प्रतिस्पर्धी बाहिरिनेछन् । र, उनीहरुको निर्णयअधिकारमा निर्णायकको ६० र स्रोताले गर्ने एसएमएस भोटिङको ४० प्रतिशत हिस्सा हुनेछ । विग आईकनको यो सँस्करणमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनील थापा र विनोद बाँनिया निर्णायकको रुपमा रहेका छन् ।

विहिबार भएको विग आईकनको अडिसनमा ब्रोडकास्टिङ एशोसियसन नेपालका केन्द्रिय उपाध्यक्ष रमेश पौडेल, जिङ्क भोड्काको उत्पादक कम्पनी प्रीमियर अर्गानिक प्रालिका ब्राण्ड म्यानेजर सत्यदीप श्रेष्ठ, यूरो एशिया एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सूर्यबहादुर डाँगी, किङ्ग्स ईन्स्टिच्यूटका प्रबन्ध निर्देशक सन्तोष शाहि, ईभेन्ट कम्पनी ‘ईभेन्ट्स फर यू’का अध्यक्ष विशाल गुरुङ लगाएतको उपस्थिती रहेको थियो ।

छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस