त्रिभुवन आर्मी क्लव आहा ! रारा गोल्ड कपको क्वाटरफाईनलमा प्रवेश

पोखरा, ७ माघ –

विभागिय टोली त्रिभुवन आर्मी क्लव जाउला खेल युथ क्लवलाई पन्छाउदै पोखरामा जारी १४ औं संस्करणको आहा ! रारा गोल्ड कपको क्वाटरफाईनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा विहिबार भएको तेश्रो प्रि–क्वाटर फाईनल खेलमा आर्मीले जाउला खेल युथ क्लवलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

आर्मीको जितमा जितेन्द्र कार्की र दिपक गुरुङले एक एक गोलको योगदान दिए । आर्मीले सेमिफाईनल यात्राको लागि माघ ११ गते रुस्लान थ्रि स्टार क्लवसंग प्रतिष्प्रर्धा गर्ने भएको छ ।

खेलको सुरुवातमै आक्रमक शैलिमा प्रस्तुत भएका दुबै टोली विचको खेल १० मिनेटमै परिवर्तन भयो । खेलको १० औं मिनेटमा आर्मीका राजीप गुरुङलाई विपक्षि खेलाडी कालु थापाले डि एरीयामा लडाए पछि रेफ्रि रविन्द्र महर्जनले दिएको पेनाल्टीको अवसरलाई आर्मीले सदुपयोग गर्न सफल भयो । जितेन्द्र कार्कीले पेनाल्टी गोल गरे । खेलको ४ मिनेटको ईन्जुरी समयमा म्यान अफ दी म्याच घोषित दिपक गुरुङले गोल गरे । डिवक्स नजिकै रहेका उनले दोश्रो वार च्याप्दै प्रहार गरेको वलले जाली चुमेको हो । ईन्जुरी समय ५ मिनेट थपिएको थियो । नयाँ खेलाडीहरु लियर मैदानमा उत्र्रिएको जाउला खेलले विभागिय टोली विरुद्ध अनुभवी खेलाडीहरु मैदानमा उतार्दा पराजित हुनु पर्यो । नयाँ तथा जोसिला खेलाडीहरु भए पनि आर्मि बिरुद्धको खेलमा गोल गर्ने राम्रा अवसर जुटाउन नसक्दा जाउला खेल यस बर्षको आहा राराबाटै यात्रा टुंगाएको हो । खेलको ५३ औं मिनेटमा डि–वक्स नजिकैबाट गोलकिपर विट भएको अबस्थामा जाउला खेलका अनिल गुरुङ चार्ज गरेको वललाई गोललाईन बाटै आर्मीका दिपक गुरुङले उत्कृष्ट बचाउ गरे ।

जाउला खेलका प्रशिक्षक राजकुमार केसीले आफुहरुसंग नयाँ खेलाडीहरु भएकोले राम्रो तालमेल मिल्न नसेकेको कारणले गर्दा पराजित हुनु परेको बताए । आर्मीका प्रशिक्षक मेघराज केसीले यो सिजनमा पहिलो खेल भएकोले गर्दा आफुहरुको जित भए पनि उत्कृष्ट खेल प्रदर्शन गर्न नसकेको बताए । आर्मी बिरुद्ध जाउला खेलले उत्कृष्ट खेल प्रदर्शन गर्न नसक्दा केहि दर्शक निरास हुदै आफ्नो गन्तव्यमा लागेका थिए ।

भोलि शुक्रबार अन्तिम प्रि–क्वाटरफाईनल खेल विभागिय टोली नेपाल पुलिस बिरुद्ध रमपम झापा ११ बिच दिउँसो २ बजे पछि हुने भएको प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए । सहारा एकेडेमीको सहयोगार्थ जारी आहा रारा गोल्ड कपमा दर्शकको सङख्या बढ्दै आएको क्लवले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button