मिस तामाङको तयारी तिव्र

पोखरा, ०७ माघ –

बैदाम तामाङ समाजको आयोजनामा २८५२ औं सोनाम ल्होसारको अवसरमा ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा २०१६ हुने भएको छ । तामाङ समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन तथा तामाङ भेषभुषा, भाषा, संस्कार र संस्कृति प्रति युवाहरुको आकर्षण बढाउन र संस्कार संस्कृति युवाहरुमा हस्तान्तरण गर्ने उद्धेश्यले मिस तामाङ पोखरा २०१६ आयोजना गरिएको समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रतियोगिता सौन्दर्य प्रतियोगिता मात्रै नभई तामाङ्ग संस्कार र संस्कृतिको प्रबद्र्धन हेतु गर्न लागिएको प्रतियोगिताका संयोजक जेसिका तामाङले बताए । प्रतियोगितामा तामाङ समुदायका १२ जना प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगीहरुमा पोखरा संगमटोलका मुना स्याङ्गबो तामाङ, लेकसाईडकी जानुका तामाङ, ढुङ्गेसाँघुका सोनी दोङ्ग तामाङ, बगरका सोनी योञ्जन तामाङ, शहिदचोकका बिपना लामा, लेकसाइड खहरेका मनिषा तामाङ, लेकसाईड डिहिको पाटनका आस्मा तामाङ, निमा तामाङ, जिना तामाङ, लेखनाथ रिठ्ठेपानीका उत्साह तामाङ, लेकसाईडका डोल्मा लामा र गीता लामा रहेका छन् ।

प्रतियोगीहरुलाई १ महिना लामो ब्यक्तित्व बिकास सम्बन्धी तालिम दिइएको तालिम संयोजक सन्जय मल्लले जानकारी दिएका छन् । अहिले सम्म तामाङ भाषा र संस्कृति सम्बन्धी धनबहादुर तामाङ, सार्वजनिक भाषण कला बारे पोखरा एफ एमका स्टेशन इन्चार्ज सन्जय मल्ल, महिला अधिकारका बारेमा अधिवक्ता जुनाकुमारी गुरुङ, महिला सशक्तीकरण बिषयमा मिना गुरुङ, नेतृत्व बिकासका बिषयमा बिग एफ एमका अध्यक्ष महेश भण्डारी, कास्की आवाज राष्ट्रिय दैनिकका अध्यक्ष सरस्वती गुरुङ, रयान्डम रिडर्स सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेल, तामाङ धर्म तथा संंस्कारका बिषयमा मिन गुरु, ब्यवस्थापकिय दक्षताका बिषयमा ओम फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बुद्धी मल्ल, फिटनेसमा तमन्ना गुरुङ तथा ट्राफिक नियमका बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यलयका नायब निरिक्षक राजेन्द्र कार्कीले सहजीकरण गरेका थिए । माघ १६ गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रममा डान्स इण्डिया डान्सका उपविजेता निर्मल तामाङलाई सम्मान गरिने समाजका अध्यक्ष तामाङले बताए । कार्यक्रममा इन्दिरा गोले गुरुङ, निर्मल तामाङ, शुक्र लामा र संजिव लामाको सांगितिक प्रस्तुतिका साथै तामाङ सांस्कृतिक नृत्य प्रस्तुत गरिने कार्यक्रम संयोजक जेसिका तामाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button