सवारी दुर्घटनामा दुई सैनिकको मृत्यु

  • पोखरा न्यूज
  • २०७२ माघ ७
Post Thumbnail

पोखरा, ०७ माघ –

सवारी दुर्घटनामा परी कप्तान सहित दुई जना नेपाली सैनिकको मृत्यु भएको छ । पोखराको अमरसिंहचोकमा बिहीबार राति साढे आठ बजे मोटरसाईकल र ट्रक ठोक्किदाँ तनहुँको खैरेनीटारस्थित राजदल गणमा कार्यरत क्याप्टेन ३० वर्षिय रञ्जनविक्रम साह र हवल्दार २६ वर्षिय रोशन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुबै जना मोटरसाईकलमा सवार थिए ।

ना ३ ख ६५९ नम्बरको ट्रक र ना १४ प ३८५२ नम्बरको मोटरसाइकल ठोक्किदा नेपाली सेनाका दुई जना सैनिक ज्यान गएकोे हो । घाइते भएका उनीहरुलाई उपचारको लागि अस्पताल लैजादैं गर्दा बाटोमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक वेदप्रकाश जोसीले बताए ।

प्रहरीका अनुसार बुद्धचोकबाट अमरसिंहचोकतर्फ गइरहेको मोटरसाइकल अमरसिंहचौकैमा ठोक्किएको थियो । ट्रक हस्पिटलचोकबाट अमरसिंहचोकहुँदै औद्योगिक क्षेत्रतर्फ जादैं थियो ।

उनीहरुको शवलाई पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । ट्रकका चालक झलेन्द्र चौधरी र ट्रकलाई प्रहरीले नियनत्रणामा लिएको छ ।नेपाली सेनाका अधिकारीहरु राती नै अस्पतालमा आएर घटनाको बारेमा जानकारी लिएका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस