राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थानले संगठन विस्तार

पोखरा, ०८ माघ –

राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनले कास्की जिल्लामा संगठन विस्तार गरेको छ । संगठनको तर्दथ समितिको अध्यक्षमा राजेन्द्र नेपाली चयन भएका छन् ।

भेलालाई सम्बोधन गर्दै संगठनका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथी ऋषिबाबु परियारले सम्पूर्ण उत्पीडित वर्ग राष्ट्रवादी कित्तामा एकजुट भई आफ्नो हकअधिकारका लागि लड्न आह्वान गरे । कार्यक्रममा केन्द्रीय सदस्य तथा अञ्चल संयोजक रमेशबहादुर भट्टराई, धौलागिरी संयोजक कुलबहादुर गुरुङ ‘कुलु’, केन्द्रीय सदस्य रोमबहादुर भण्डारी, जिल्ला अध्यक्ष जयलाल पुन, जिल्लाका नेता तथा कार्यकर्ताले नवगठित संगठनको सफलताको कामना गरेका थिए । साथै उत्पीडित समाज उत्थानका लागि आ–आफ्नो तर्फबाट सदैव सहयोग रहने बतए।

कार्यक्रममा जिल्लास्थित नेता तथा कार्यकताको उपस्थित रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button