पोखरा, ८ माघ –
श्रमिक बालबालिकाहरुको सम्पर्क केन्द्र पोखरा – १२ माटेपानीले पोखरामा शुक्रबार विभिन्न क्षेत्रका चार जनालाई सम्मान गरेको छ। कार्यक्रममा सम्पर्क केन्द्रलाई सहयोग गर्ने, बाल श्रमिकको शिक्षामा सहयोग गर्ने तथा पोखरा – १२ मा बाल श्रम न्युनिकरण गर्न सहयोग गर्नेलाई सम्मान गरेको हो।
सम्मानित हुनेमध्यमा एक आदर्श समाज राष्ट्रिय दैनिकका प्रमुख समाचारदाता नवीन सिग्देल छन्। पत्रकारितामार्फत पोखरा – १२ मा बाल श्रम न्युनिकरणका लागि योगदान गरेकोभन्दै उनलाई सम्मान गरिएको हो। त्यसैगरी, पोखरा – १२ लाई बाल श्रम मुक्त बनाउनका लागि सहयोग गर्ने केन्द्रका पूर्वप्रमुख भुवनेश्वर भण्डारी, श्रमिक बालबालिकाको हितमा काम गर्ने पोखरा – १२ का पूर्वसचिव अर्जुनप्रसाद पौडेल र केन्द्रलाई आर्थिक तथा भौतिक सहयोग गर्ने समाजसेवी वकावली शाक्य रञ्जितलाई सम्मान गरिएको थियो। उनीहरुलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरिएको थियो। पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापा, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं बालश्रम न्युनिकरण कार्यक्रमका अध्यक्ष दिपक श्रेष्ठ र केन्द्रकी अध्यक्ष मायादेवी तझ्याले संयुक्त रुपमा उनलाई सम्मान गरेका थिए।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापाले पोखरालाई सन् २०१८ सम्ममा बाल मैत्री शहर बनाउने उपमहानगरपालिकाको लक्ष्यलाई पूरा गर्न सङघले सहयोग गरिरहेको बताए। पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष दिपक श्रेष्ठले बाल श्रम मुक्त समाज निर्माणका लागि सवैको सहयोग आवश्यक भएको उल्लेख गरे।
कार्यक्रममा सम्मानित व्यक्तिहरु नवीन सिग्देल, अर्जुन पौडेल, पोखरा – ११ का सचिव भिमदेव शर्मा, पोखरा – १२ का सचिव श्रीकान्त तिमिल्सिना लगायतले बोलेका थिए।
श्रमिक बालबालिकाहरुको सम्पर्क केन्द्र पोखरा – १२ माटेपानीकी अध्यक्ष मायादेवी तझ्याको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिवमा भुवनप्रसाद आचार्यले स्वागत र सचिव दिपा आचार्यले कार्यक्रम संचालन गरेकी थिईन्।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution