पोखरा, ०८ माघ –
धादिङ को काफल डाडा सल्याङ कोट मा रहेको भुकम्प पिडीत वेद व्यास प्रा वि लाई लायन्स क्लब अफ पोखरा चौतारीले एक लाख नगद प्रदान गरेको छ ।
डिष्ट्रीक गर्भनर धुव्र थापा र क्लब का अध्यक्ष विमल बसेलले सो विद्यालयका व्यवस्थापन समिती अध्यक्ष राम बहादुर थापा मगर लाई आज यहाँ हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै गर्भनर थापाले विभिन्न जिल्लाका भुकम्प बाट पिडित लाई लायन्स क्लबले ३२५ बी वानले पछिल्लो समय मात्र न्यानो कपडा अभियान अन्र्तगत ६० लाख रुपैयाँका कपडा वितरण गरेको जानकारी दिनुभयो । लायन्स क्लबले पोखराको पश्मिाञ्चल क्षेत्रिय अस्पतालमा मुटुरोग उपचार केन्द्रको स्थापना गर्न लागेको समेत जानकारी दिनुभयो । कार्यक्रममा क्लबका अध्यक्ष विमल बसेलले क्लबले दिएको रकम विद्यालयले सही रुपमा सदुपयोग गरेमा आगामी दिनमा पनि यस्तो सहयोग जारी रहने बताउनुभयो ।
त्यसै गरि पि.आर. ओ मोहन बाबु खड्का र विश्व विजुक्छेले लायन्स क्लबले विद्यालय निर्माण, आखाँ शिविर र भुकम्प पिडितका लागी न्यानो कपडा वितरण सम्बन्धी विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राम बहादुर थापा मगर र प्रध्यानाध्यापक गोपाल बहादुर रानाले क्लबको सहयोग को सही सदुपयोग हुने विश्वास दिलाउनुभयो । सो रकमबाट २५ थान डेस्क ,बेन्च र साढे सात बन्डल जस्तापाता खरिद गरिएको जानकारी दिनुभयो । सो विद्यालयमा बालक्लब सहित ८० जना विद्यार्थी हरु अध्ययनरत छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution