शुक्रबारको खेलमा झापा ११ संग पुलिस स्तब्ध

पोखरा, ८ माघ –

आहा ! रारा गोल्ड कपमा सर्वाधिक सफलता हासिल गर्न सफल भएको विभागिय टोली नेपाल पुलिस क्लव यस बर्षको आहा रारामा रमपम झापा ११ संग स्तब्ध भएको छ । क्याराभान गोल्ड कप सहित ५ पटक उपाधि जितेको र तीन पटक उपविजेता भएको पुलिस झापा ११ संग २–० ले पराजित हुदै पोखरामा जारी १४ औं संस्करणको आहा ! रारा गोल्ड कपको पहिलो चरणबाटै बाहिरिएको छ ।

rara gold cup 2

शुक्रबार पोखरा रंगशालामा भएको अन्तिम प्रि–क्वाटरफाईनल खेलमा रमपम झापा ११ को जितमा कर्ण लिम्बु र म्यान अफ दी म्याच घोषित बुद्धराज लिम्बुले एक एक गोलको योगदान दिए । झापा ११ माघ १२ गते बंगलादेशको रमतगानी एम.एफ. सोसाईटी बिच हुने भएको छ । खेलको तेश्रोे मिनेटमा पुलिसका विशाल श्रेष्ठले बुद्धराज लिम्वुलाई डि–यरीयामा लडाउदा पुलिसलाई दुभाग्य निम्तियो । रेफ्रि सुदेश पाण्डेले दिएको पेनाल्टीको अवसरलाई झापा ११ का कर्ण लिम्बुले चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गरे । खेलको ३६ औं मिनेटमा बुद्धराज लिम्बुले एक गोल गरी आफ्नो जित सुनिष्चित पारे । करीब १८ यार्डबाट लिम्बुले दोश्रो वार च्याप्दै प्रहार गरेको वलले जाली चुमेको हो । विपक्षि गोलरक्षक अनमार्क रहेको अवस्थामा गोल भएको हो ।

खेलको ३२ औं मिनेटमा अजित भण्डारीले दिएको पास वललाई डि–वक्स भित्र रहेका भरत साहले गोल गर्ने राम्रो अवसरलाई सदुपयोग गर्न नसक्दा यस बर्षको आहा राराको पहिलो चरणबाटै विट मार्नु परयो । झापा ११ संग राष्ट्रिय लिगमा समेत दुई खेलमा हार व्यहोरेको पुलिसले पोखरामा पहिलो पटक आयोजना भएको आहा रारामा क्वाटरफाईनल खेलमा ३–१ ले पराजित गरेको थियो । धेरै पटक आहा रारामा सहभागि जनाएर आहा रारामा पुलिसले राखेको साख यस बर्षको आहा रारामा भने जोगाउन सकेन । पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले आफुहरुको टिमले राम्रो खेल्दा खेल्दै विपक्षिको सुरुमै गोल हुनु र आफुहरुको फिनिसिङ हुन नसक्दा पराजित हुनु परेको बताए । उनले भने “विगत केहि बर्ष देखि हाम्रो टिम खस्केको छ, अब यो टिमलाई नयाँ खेलाडीहरु सहितको नयाँ रणनितिमा उतार्ने तयारीमा भएकोले अझै राम्रो सेट हुन सकेको छैन, साच्चै हामीले आज हार व्यहोर्नु पर्छ भनेर मैले सोकेको पछि थिईन । ”

झापा ११ का प्रशिक्षक भगीरथ आले मामाले पुलिस बिरुद्धको खेलमा डिफेन्समा ५ जना खेलाडीहरु राखेर खेलेको कारणले गर्दा जित हात पार्न सफल भएको बताए । विशाल राई अर्को खेलमा सहभागि हुने बताउदै उनले अर्को खेलमा अझ राम्रो खेल प्रर्दशन गर्ने बताए ।

भोलि शनिबार देखि क्वाटरफाईनलका खेलहरु सुरु हुने भएका छन । शनिबार पहिलो क्वाटरफाईनल खेलमा आयोजक सहारा क्लव बिरुद्ध भारतको युनाईटेड सिक्किम बिच दिउँसो २ बजे पछि प्रतिष्प्रर्धा हुने भएको खेल संयोजक केशव बहादुर थापाले बताए । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ आयोजना भएको उक्त प्रतियोगिता माघ १६ गतेसम्म चल्ने भएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button