पोखरा, ८ माघ –
पोखराको न्युरोड, गिरी कम्प्लेक्समा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले शुक्रबार आयोजना गरेको मृगौला रोगसम्बन्धी निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रममा पाँच सय दुईको निःशुल्क रक्त परीक्षण र पिसाब परीक्षण गरिएको छ।
कार्यक्रममा मृगौला रोग विषेशज्ञ डा. अभिषेक मास्केले उच्च रक्तचाप, मधुमेह, जथाभावी पेनकिलर प्रयोग, पानी कम पिउनु आदि कारणले मृगौलामा समस्या आउने जानकारी दिए। उनले मृगौला निकै संवेदनशील अंग भएकाले समय–समयमा परीक्षण जरुरी हुने उल्लेख गरे। डा. मास्केले भने–‘छ–छ महिनामा मृगौला परीक्षण गराउनु उचित हुन्छ।’ प्रशस्त पानी पिउने, रक्तचाप, मधुमेह हुन नदिने, जभाभावी पेनकिलर प्रयोग नगर्ने र खानपानमा सजग भए मृगौलासम्बन्धी समस्या निकै हदसम्म कम हुने बताए।
कन्या क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र प्रधानले रजत वर्षमा क्याम्पसले वर्षभरि नै विभिन्न कार्यक्रम गर्ने शिलशिलामा निःशुल्क मृगौला परीक्षण हुनु सुखद् भएको बताए। कन्या क्याम्पस पोखराका क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले आफूहरूको रजत वर्षमा युआरएलले साथ दिएकोमा आभार व्यक्त गरे।
युआरएलका अध्यक्ष चेतबहादुर गुरुङले व्यवसायका अतिक्ति सामाजिक उत्तरदायित्व वोध गर्दै आफूहरूले निःशुल्क शिविरहरू गरिरहेको बताए। युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले रोग लाग्नुभन्दा पहिले नै सावधानी हुन सर्वसाधारणलाई सहयोग पुगोस् र सहज र सुलभ तवर स्वास्थ्य सेवा मिलोस् भन्ने हेतुले निःशुल्क शिविर आयोजना गरिहेको उल्लेख गरे। उनले हालसम्म युआरएलबाट छ हजारले निःशुल्क रक्त परीक्षण गरिसकेको जानकारी दिए। पन्तले शिविरमा अन्य सेवामा पनि आफूहरूले ५० प्रतिशत छुट दिइरहेको बताए।
कन्या क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा रजत जयन्ति मूल समारोह समितिका संयोजक योगेन्द्र प्रधानको अध्यक्षतामा भएको कार्यक्रको सञ्चालन प्राध्यापक संघ कन्या क्याम्पसका सचिव भूमिराज बस्ताकोटीले गरेका थिए।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution