उपाधि जितेर स्वदेश फर्किएको नेपाली टोलीलाई विमानस्थलमा भव्य स्वागत

  • पोखरा न्यूज
  • २०७२ माघ ९
Post Thumbnail

काठमाडौं, ०९ माघ – 

बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ ।

शनिबार पौने तीन बजे दिउँसो नेपाल आइपुगेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । नेपाली टोलीलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीसहित ठूलो संख्यामा फुटवल समर्थक त्रिभुवन विमानस्थल पुगेका छन् ।

nepali team 1

बाजागाजासहित विमानस्थलमा पुगेका समर्थकले राष्ट्रिय झण्डासहित नेपाली टिमका स्वागत लेखिएका ब्यानर बोकेका छन् । फूलमालाले सजाइएका दुईवटा गाडीमा राखेर खेलाडीलाई अहिले नगरपरिक्रमा गराईँदै छ । विमानस्थलबाट, गौशाला, पुरानोबानेश्वर, मैतीदेवी, पुतलीसडक, हुँदै खेलाडीलाई दशरथ रंगशाला त्रिपुरेश्वरमा पुर्याएर विशेष स्वागत गरिने एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

nepali team 3

बंगलादेशको राजधानी ढाकामा हिजो भएको फाइनलमा बहराइनलाई ३–० ले हराएर नेपालले उपाधि जितेको  थियो । सन् १९९३ मा ढाकामा भएको दक्षिण एसियाली खेलकुद सागमा भारतलाई टाइब्रेकरमा हराएर उपाधि स्वर्णपदक जितेको नेपालले २३ वर्षपछि फुटबलमा अर्को उपाधि जितेको हो ।

nepali team 2

एन्फाले २३ खेलाडी, दुई प्रशिक्षक र एक चिकित्सक गरी २६ जनालाई पाँच पाँच लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको उज्यालो अनलाइनमा खबर छ । यस्तै राष्ट्रिय खेलकुद परिषदले पनि खेलाडीलाई जनही दुई लाख रुपैयाँ दिन सरकारलाई सिफारिस गर्ने जनाएको छ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस