पोखरा, ९ माघ –
आयोजक सहारा क्लव पोखरामा जारी १४ औं संस्करणको आहा ! रारा गोल्ड कपको सेमिफाईनलमा गरेको प्रवेश छ । पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाईनल खेलमा सहाराले पाहुना टोली भारतको युनाईटेड सिक्किमलाई २–० ले पराजित गर्दै अन्तीम चारमा स्थान बनाएको हो ।
सहाराको जितमा अफ्रिकीमुलका एल्भिस र शिव सुवेदीले एक एक गोलको योगदान दिए । जितसंगै सहाराले माघ ११ हुने विभागिय टिम त्रिभुवन आर्मी बिरुद्ध रुस्लान थ्रि–स्टार क्लव बिचको बिजेता टिमसंग फाईनल यात्राको लागि प्रतिष्प्रर्धा गर्ने भएको छ ।

खेलको ५९ औं मिनेटमा बुद्ध तामाङले करीब २५ यार्डबाट दिएको क्रस वललाई डि–वक्स भित्र रहेका एल्भिसले हेड गोल गरे । खेलको ८८ औं मिनेटमा म्यान अफ दी म्याच घोषित शिव सुवेदीले गोल गरी जित सुनिष्चित पारे । पहिलो हापमा गोलको खडेरी लागेको दोश्रो हाप पछि सहाराले एक गोल गरी अन्तिम समयमा पुनः एक गोल थप्दा पुर्वपट्टी प्याराफिटमा रहेका दर्शकहरुले मैदानमा पानीका वोतल फालेका थिए । केहि दर्शकहरु आफ्नो गन्तव्यमा लागेका थिए । खेलको २० औं मिनेटमा युनाईटेड सिक्किमका नाडुङ भुटियाले वान भर्सेस वान वललाई सदुपयोग गर्न नसक्दा आहा रारामा पहिलो पटक सहभागि भएको युनाईटेड सिक्किम पहिलो खेलबाटै विदा लिनु पर्यो । भुटियाले प्रहार गरेको वल विपक्षि गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरे । आयोजक सहारा बिरुद्धको खेलमा युनाईटेड सिक्किमले गोल गर्ने राम्रा अवसर जुटाउन नसक्दा आहा राराको पहिलो खेलबाटै विट मार्नु पर्यो ।

युनाईटेड सिक्किमका प्रशिक्षक मिलन लेप्चाले आफुहरु यस्तो मैदानमा पहिलो पटक खेलेकोले आफुहरुलाई खेल्न गार्यो भएको बताए । रेफ्रि प्रति असन्तुष्टी जनाउदै उनले भने “हामीलाई रेफ्रि ठिक लागेन हामीले राम्रो खेल्दा खेल्दै जसरी हार व्यहोरे पनि पोखरेलीहरुको हुटिङ हामीले पायौं यही हाम्रो लागि ठुलो कुरा हो ।” सहाराका प्रशिक्षक किरण श्रेष्ठले विपक्षिको खेल बुझ्न गार्यो भएको कारणले गर्दा पहिलो हापमा गोल गर्न नसकेको बताउदै खेलाडीहरुले आफ्नो रणनिति अनुसार खेल खेलेको कारणले जित भएको दाबी गरे । उनले अबको सेमिफाईनल खेलमा अझ बढी मेहनतका साथ खेल्ने बताउदै आफुहरु शत प्रतिशत फाईनलमा पुग्ने प्रयास रहेको दाबी गरे ।

हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगिता अन्र्तगत भोलि आईतबार दोश्रो क्वाटरफाईनल खेल लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लव बिरुद्ध पहुना टोली भारतको भारतीय आर्मी गोर्खा ब्रिगेड टिम विच हुने भएको छ । लक्ष्मी हुण्डाई सिधै वाई पाएर क्वाटर फाईनलमा यात्रा बनाएको हो भने गोर्खा ब्रिगेडले सशस्त्र वलको एपिएफ क्लवलाई पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएको हो । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ आयोजना भएको उक्त प्रतियोगिता माघ १६ गतेसम्म चल्ने भएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए ।





