५ दिने व्यक्तित्व विकास, नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

पोखरा, ०९ माघ –

सरस्वती आदर्श विद्याश्रम लामाचौर पोखराको ५ दिने व्यक्तित्व विकास, नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । विद्यार्थीहरू जाडो बिदामा रहेको अवसरमा विदाको समयलाई सदुपयोग गराउनका निम्ति ४ गतेबाट सुरू भएको उक्त तालिमको शनिबार समापन गरिएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

५ दिने व्यक्तित्व विकास, नेतृत्व विकास तथा उद्घोषण तालिमको प्रमुख अतिथि रेडियो सिटीका निर्देशक अमृत सुवर्णकारले नेतृत्व विकासको बारेमा सहजिकरण गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा बोल्दै विद्याश्रमका संस्थापक प्राचार्य गणेशमान सिंहले जाडो विदाको अवसर पारेर विद्यालयमा सिपमुलक तालिम आयोजना गर्न पाउदा खुशी लागेको भन्दै आउंदा दिनहरूमा पनि यस्ता तालिमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । तालिमका प्रशिक्षक विनोद पहारीले प्रशिक्षार्थीहरूलाई तालिममा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो ।

तालिममा २० जना प्रशिक्षार्थीहरूको सहभागिता जनाउनुका साथै ७० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button