पोखरा, ०९ माघ –
पोखरा न्यूरोडमा प्रधान कार्यालय रहेको मेट्रो डेभलपमेन्ट बैंक लिमिटेडको छैटौं वार्षिक साधारण सभा माघ ९ गते शनिबारका दिन पोखराको बिरौटा स्थित पोखरा ग्राण्ड होटलमा सम्पन्न भएको छ ।
कास्की, लमजुङ र म्याग्दी ३ जिल्ला कार्यक्षेत्र रहेको मेट्रो डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष नारायण बरालको अध्यक्षतामा भएकोे उक्त साधारण सभामा करिब ३०० जना संस्थापक तथा सर्वसाधारण शेयर धनिको उपस्थिती रहको थियो । उक्त साधारण सभाले आर्थिक वर्ष २०७१-०७२ को सञ्चित मुनाफाबाट रु. ३ करोड ५२ लाख ७७ हजार २ सय चौबिस बोनश शेयर र सो बोनश शेयरको कर प्रयोजनको लागि रु. १८ लाख ५६ हजार ६ सय छयानब्बे नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्व सम्मतले पारित गरेको छ । मिति २०७२ श्रावण १४ गते देखि भाद्र १६ गते सम्म तत्काल चुक्ता पूँजीमा १५ प्रतिशत हकप्रद शेयर निश्काष्न प्रश्चात चुक्ता पूँजी रु. २१ करोड ३५ लाख २० हजार चालिस भएको छ । सोही चुक्ता पूँजीमा बोनस शेयर र नगद लाभांस वितरण गर्ने निर्णय भएको र बोनश शेयर वितरण गरेपछि यस बैंकको चुक्ता पूँजी रु. २४ करोड ८७ लाख ९७ हजार २ सय ६४ पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुर्य प्रसाद तिवारीले बताए ।
प्रधान कार्यालय सहित कास्की, लमजुङ र म्याग्दी जिल्लामा ७ वटा शाखा कार्यालय मार्फत आफ्नो बैंकिङ सेवा विस्तार गरि अगाडि बढिरहेको बैंकले छोटो समयमै आफ्ना शेयर धनिहरुलाई उचित प्रतिफल दिन सफल भएको छ । कुल २ अर्व १२ करोड निक्षेप संकलन र १ करोड ७४ लाख कर्जा प्रवाह गरि रु.७ करोड ४६ लाख संचालन मूनाफा आर्जन गर्न सफल भएको बैंकले आ. व. २०७२-०७३ को पौष मसान्त सम्म कुल रु. २ अर्व १८ करोड निक्षेप संकलन गरि १ अर्व ८४ करोड कर्जा प्रदान गर्न सफल भएको बैंकले रु. ४ करोड १४ लाख संचालन मूनाफा आर्जन गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बमोजिम यस बैंकले २०७४ सम्ममा हकप्रद शेयर तथा बोनश शेयर जारी गरि निर्धारित पूँजी रु. ५० करोड पूँजी पूरयाउने लक्ष राखेको भएता पनि यस मेट्रो डेभलपमेन्ट बैैकले २२ वर्ष पुरानो इतिहास बोकेको कैलास विकास बैंक लि. र नेपाल एक्सप्रेस फाइनान्स लि. संग मर्जर प्रक्रियामा अगाडि वढिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सूर्य प्रसाद तिवारीले जानकारी गराए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution