पोखरा, ०९ माघ –
सरल नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चिप्लेढुङ्गा र लायन्स क्लव अफ पोखरा लालिगुराँसले पोखरामा शनिवार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ ।
प्रमुख अतिथी ला. किशोर बरालले पहिलो रक्तदाता उमेश उद्यामीलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथी ला. बरालले हरेक स्वास्थ्व व्यक्तिले तीन–तीन महिनमा रगत दिनुपर्ने बताउनुभयो । सरल नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दिपक बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक लायन्स क्लव पोखरा लालिगुराँसका रेशम सापकोटा, द्धितीय उपाध्यक्ष अनन्तप्रसाद अधिकारी, सहकारीका संस्थापक अध्यक्ष भरतप्रसाद तिवारी लगायतले रक्तदानको महत्ववारे बोल्नुभएको थियो ।
पोखराको चिप्लेढुङ्गामा अवस्थित सरल नमुना सहकारीको ३ सय ५० जना शेयर सदस्य छन् भने करिव २ करोड पुजी रहेको प्रबन्धक डिल्लीराम पौडेलले जानकारी दिनुभयो । सहकारीको कास्की जिल्लाभर कार्य क्षेत्र रहेको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution