फेन्सी तथा रेडिमेड व्यबसायी संघ पोखराको साधारणसभा सम्पन्न

पोखरा, ०९ माघ –

फेन्सी तथा रेडिमेड व्यबसायी संघ पोखराको आठौ साधारणसभा शनिवार सम्पन्न भएको छ।

कार्यक्रम पोखरा उधोग बाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थापाको प्रमुख अतिथ्यतामा भएको थियो।सो कार्यक्रममा बोल्दै थापाले फेन्सी तथा रेडिमेड ब्यबसायी संघ पोखरालाई आफ्नो र उधोग वाणिज्य संघको तर्फवाट सधै सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरे। फेन्सी तथा रेडिमेड व्यबसायी संघ पोखराको कार्यालय निर्माण तथा ब्यवस्थापन कार्यमा सहयोग गर्नुहुने संधसंस्था तथा व्यक्तीगतरुपमा सहयोग गर्नुहुने सम्पुर्ण दाताहरु,व्यबसायी छोराछोरिहरुका एस.एल.सी तथा +२ तर्फ उत्कृष्ट बिद्यार्थी प्रकृती अमगाई,सुजित शर्मा,सुस्मिता कोईराला,जगदिस श्रेष्ठ र पुराना तथा सक्रिय सदस्यहरु रामकुमार श्रेष्ठ डम्मरकुमारी अधिकारी लगायतलाई सम्मान गरे ।उक्त कायक्रममा कोषाध्यक्ष र महासचिवको बार्षिक प्रतिवेदनमाथी छलफल गरी पारित गरिएको थियो।

उक्त कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष मिनराज काफ्ले,संस्थापक अध्यक्ष कमलनाथ कुबर,पोखरा हाडवयर एसोसिएसन का अध्यक्ष प्रेमप्रसाद कस्मेटिक व्यवसायि सघ पोखराका अध्यक्ष पौडेल,बिष्णुप्रसाद बास्तोला, बुद्व विशाल व्यापारीक एशोसियसनका उपाध्यक्ष शिब शर्मा,,प्रदिपकुमार मुल्मी लगायले आफ्नो मन्तव्य राखेका थिए। संस्थालाइ अध्यक्ष गिरधारी अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष प्रजनकुमार थापाले स्वागत मन्त्व्य ब्यक्त गरे भने महासचिव केशवबहादुर खत्री र सचिव राजु के.सी. ले सन्चालन गरेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button