पोखरा, ०९ पौष –
दुई पाङ्ग्रे सवारी साधनमा पेट्रोलको लाइन अव्यवस्थित भएको गुनासो आइरहेका बेला पोखराको रानीपौवा आयल स्टोर्सले व्यवस्थित तरिकाले पेट्रोल वितरण गरेको छ ।
लाइनमा राखेका उपभोक्ताहरुको प्रत्येक मोटरसाइकलको नम्वर टिपेर शनिवार पेट्रोल वितरण गरिएको हो । अघिल्लो दिनमै लाइनमा राख्दा साँझ परेपछि बीचबीचमा मोटरसाइकल घुसाउनाले अव्यवस्थित भएको भन्दै लाइनमा राखिएका दुई पाङ्ग्रे सवारीसाधनको नम्वर टिपोट गरिएको गण्डकी धौवलागिरी पेट्रोलियम डिलर्स एसोसियसनका महासचिव समेत रहेका पम्पका सञ्चालक राजन गोगंजुले जानकारी दिनुभयो । लाइनलाई व्यवस्थित बनाउन र नम्वर टिपोटका लागि नेपाल प्रहरी र सशश्त्र प्रहरीले सहयोग गरेको छ ।
पेट्रोल हालिसकेपछि टिपोट गरिएको नम्वरलाई गोलो लगाउनाले फेरि सो मोटरसाइकल बीचमा आएर हाल्ने सम्भावना नहुने गोगंजुले बताउनुभयो । चार पाङ्ग्रेलाई पेट्रोल बाड्दा सहज हुने भएपनि दुई पाङ्गेलाई वितरण गर्दा विवाद आउने गरेकाले यो तरिका अपनाइएको हो ।पोखरामा पछिल्लो समयमा २१ वटा ट्याङ्करले रि–रुट गरेर पेट्रोलियम पदार्थ ल्याइरहेका छन् । नियमित रुपमा हप्तामा तीन पटक डिजेल र एक पटक पेट्रोल वितरण गरिएपछि क्रमैसँग सहज हुन थालेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution