पोखरा, ९ माघ –
नेपाली काँग्रेस धादिङ पोखरा सम्पर्क सदनले नेपाली काँग्रेसको आसन्न महाधिवेशनलाई लक्षित गर्दै सक्षम नेतृत्व प्रदान गर्न कार्यकर्तालाई अनुरोध गरेको छ ।
सदनका सभापति केदार धमलाको अध्यक्षतामा शनिवार नेपाली काँग्रेस कास्की कार्यालय चिप्लेढुङ्गामा वसेको बैठकले गुट उपगुटमा नलागी सक्षम र नयाँ नेपाल निर्माण गर्नसक्ने नेतृत्व चयनकोलागि आग्रह गरिएको सदनका सचिव माधव लम्सालले जानकारी दिए । गाउँतहदेखि केन्द्रीयतहसम्म हुन लागेको निर्वाचनलाई लक्षित गर्दै सदनले पार्टीमा इमान्दार, कर्तव्यनिष्ठ र पार्टीलाई बुझेको व्यक्तिलाई नेतृत्व प्रदान गर्न समेत अनुरोध गरिएको सदनका उपसभापति यादुप्रसाद ढकालले जानकारी दिए ।
नियमित बैठकमा सहभागि सदनका पदाधिकारीहरुले जहानियाँ राणा शासनसंग, पञ्चायती व्यवस्थासंग, अतिवादी कम्युनिष्टसंग लडेको इतिहाँस नेपाली काँग्रेससंगमात्र भएको भन्दै नयाँ संविधान र नेपाललाई अगाडि बढाउन नयाँ र सक्षम नेतृत्वको आवस्यकता भएको बताएका थिए । वैठकले पार्टी नेतृत्वलाई कार्यकर्ताको मुल्याङ्न गर्ने परिपाटी बसाउन, भातृ संस्थाहरुको नियमित नेतृत्व प्रदान गर्न, जनतालाई सेवा र राष्ट्रको विकासमा ध्यानदिन विशेष आग्रह भएको थियो । जन्मथलो धादिङ भई कर्मथलो पोखरा बनाएर रहेका काँग्रेसका कार्यकर्ताहरुले कास्की र धादिङको निर्वाचन स्वच्छ, पारदर्शी एवं नमुना महाधिवेशन सम्पन्न गर्न अनुरोध समेत गरिएको सदनका सदस्य एवं धादिङ पोखरा सम्पर्क समिति ढोला इकाईका अध्यक्ष अर्जुन भट्टले जानकारी दिए ।
सभापति धमलाले क्रियाशिल सदस्य रहेको स्थानबाट पार्टीको इमान्दारिताको कदरगरी गुटउपगुट छोडेर व्यक्तिवादी सोच र व्यक्तिको पछाडि नलागी नेपाली काँग्रेसको पछाडि लाग्न सदस्यहरुलाई आग्रह गरे ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution