रेडक्रस पोखरा – १८ उपशाखाको साधारण सभा सम्पन्न

  • पोखरा न्यूज
  • २०७२ माघ १०
Post Thumbnail

पोखरा, १० पौष –

नेपाल रेडक्रस सोसाइटी कास्की शाखा अन्तरगत गठित नेपाल रेडक्रस सोसाइटी पोखरा – १८ उपशाखाको साधारण सभा पोखरा– १८ मा सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति वामदेव ढुंगानाले रेडक्रसका सात सिद्धान्त र मानवीय सेवा सेवा कार्यलाई आत्मसात गर्दै उपशाखा अगाडी वढेको बताउनुभयो । उपशाखालाई पोखरा–१८ मा रहेका विभिन्न संघसंस्थाहरुबाट सहयोग प्रदान भइरहेको उल्लेख गर्दै आगामी दिनहरुमा पनि मानवीय सेवा कार्य सञ्चालनमा थप सहयोग प्रदान गर्न उहाँले आग्रह गर्नुभयो ।

साधारण सभामा गत बर्षको आय व्यय विवरण र आगामी बर्षको लागि प्रस्तावित आय व्यय विवरण उपशाखाका कोषाध्यक्ष माधव पोखरेलले प्रस्तुत गर्नुभएको थियो । यस अवधिमा उपशाखाले ९९ हजार ८ सय रुपैया आम्दानी र खर्च तर्फ ४८ हजार रुपैया गरी ५१ हजार ८ सय रुपैया बचत गर्न सफल भएको थियो । यसै गरी गतबर्षको प्रगति प्रतिवेदन र आगामी बर्षमा गरिने कार्यक्रमको विवरण उपशाखाका सचिव तोरण बहादुर खड्काले प्रस्तुत गर्नुभएको थियो ।

उपशाखाका सभापति गोकर्ण कार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा समाजसेवी एवं नेपाली कांग्रेसका इकाई सभापति वोध बहादुर कार्की, एकिकृत माओवादीका इकाई अध्यक्ष खड्क बहादुर वि.क., रा.प्र.पा. नेपालका रमेश त्रिपाठी, वडा नागरीक मञ्च संयोजक ललित बहादुर वानीया, मन्दिर समन्वय समितका अध्यक्ष वासुदेव वानिया, मसिना नि.मा.वि. व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ तिमिल्सिना, कास्की शाखा महिला समिति सदस्य एवं पोखरा – १८ की पूर्व सभापति यशोदा भट्राई र टोल समन्वय समितिका उपाध्यक्ष क्या. लाल बहादुर गुरुङ लगायतले रेडक्रसले गरेका कार्यबारे बोल्नुभएको थियो । सोहि अवसरमा पोखरा- १८ निवासी तोरण बहादुर खड्का, वोधबहादुर कार्की, मोहन बहादुर कार्की, वालाराम बराल र सरिता थापा रेडक्रसको विशिष्ट सदस्य बन्नु भएको थियो । रेडक्रसको विशिष्ट सदस्य हुनको लागि २५ हजार रुपैया उपशाखालाई प्रदान गर्नुपर्ने हुन्छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस