समता साङ्गीतिक कार्यक्रमको ७८ औं शृङ्खला पोखरामा सम्पन्न

पोखरा, १० माघ –

पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक दुई दुई महिनामा आयोजना गर्दै आएको समता साङ्गीतिक कार्यक्रमको ७८ औं शृङ्खला शनिबार पोखरामा सम्पन्न भयो ।

Hot Air Balloon Booking
Paragliding Pokhara

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार बोलमाया गुरुङले कलाकार हुन प्राकृतिक देन र संघर्ष दुवै चाहिने भएकाले कडा परिश्रम गरेर आफ्नो प्रतिभालाई उजागर गर्नु पर्ने बताइन । २०२७ सालमा आफूले गोल्ड मेडल पाएपछि नेपालका १४ अञ्चल र विदेशका १९ देशमा प्रतिभा देखाउने मौका पाएकोमा खुसी व्यक्त गरिन । उनले हाम्रो समयमा चर्चामा आइन्छ कि भन्ने चिन्ता थियो अहिले चर्चामा कसरी आउने भन्ने चिन्ता रहेको बताइन ।

साङ्गीतिक कार्यक्रममा नवराज बराल, श्रीमान थुलुङ, सुष्मा शेरचन, जय चापागाईं समीर गैह्रे, शंकरमान परियार, कञ्चन राई, सुलभ गैह्रे, रामविलास राई, श्रीधर कँडेल, नरेश राई, सन्तोष वस्याल, तेजु पुन, विक्की गुरुङ, प्रदीप भट्टराई, पार्वती सुनार, सविन नेपाली, एमडि काफ्ले, जय चापागाईं, टेक बहादुर राना, सूर्य गुरुङ, देव काफ्ले, सौगात सुनार, दिनेश सुनार, अनिता अधिकारी, बवि सुनार, जेनिशा क्षेत्री, नारायण पराजुली लगायतका कलाकारहरुले आफ्नो गायकी प्रस्तुत गरेका थिए ।

सङ्गीत प्रशिक्षण केन्द्र विन्ध्यवासिनीको सभाकक्षमा सम्पन्न उक्त साङ्गीतिक कार्यक्रममा वाद्यवादनतर्फ हार्माेनियममा नवराज बराल, तवलामा विमल गायक, गितारमा नरेश राई र कङ्गोमा जय चापागाईंले गायकहरुलाई साथ दिएका थिए ।

परिवारका अध्यक्ष सुरेश रानाभाटको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कलाकारहरुलाई संगीत संयोजक श्रीमान थुलुङले स्वागत गीतले र सहसचिव सुरज उपाध्यायले शब्दद्धारा स्वागत गरेका थिए भने सन्तोष वस्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button