राष्ट्रिय वाणिज्य बैंकद्वारा पोखरा वृद्धाश्रमलाई आर्थिक सहयोग

पोखरा, १० माघ –

राष्ट्रिय बाणिज्य बैङ्क लिमिटेडको ५१ औं बार्षिकोत्सव कार्यक्रम देशैभरका शाखाहरुमा विविध कार्यक्रमका साथ मनाइएको छ । बैङ्कको क्षेत्रीय कार्यालय पोखरा, पोखराका अमरसिंहचोक, पृथ्वीचोक, महेन्द्रपुल र पार्दी तथा लेखनाथको तालचोक कार्यालयले पोखरा वृद्धाश्रममा नगद हस्तान्तरणको साथै चियापान गरी संयुक्त रुपमा मनाएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

आइतबार आयोजित एक कार्यक्रमका वीच राष्ट्रिय बाणिज्य बैङ्क लिमिटेडका पश्चिमाञ्चल क्षेत्रीय प्रबन्धक गणेशकुमार ढकालले पोखरा वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीलाई रु ५० हजार बराबरको चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै प्रबन्धक ढकालले आगामि दिनमा सामाजिक दायित्व अन्तर्गत यस्तै पुनित कार्यमा सहयोग गर्ने बताउनुभयो ।

साथै वहाँले वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता वितरणका लागि सहज व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । बैङ्कका उपप्रमुख राजकुमार खड्काले बैङ्कको बार्षिकोत्सव मनाउने सन्दर्भमा खाजा खर्च बापत प्राप्त रकमलाई सामाजिक कार्यमा लगाउन पाउँदा खुशी लागेको उल्लेख गर्नुभयो । पोखरा वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले बाणिज्य बैंकका तर्फबाट पहिलोपटक सहयोग प्राप्त भएको भन्दै यसले अन्य बैंकहरुलाई पनि सहयोगका लागि प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । बैंकका क्षेत्रीय उपप्रमुख राजेन्द्रकुमार कट्टेलले स्वागत गर्नुभएको कार्यक्रमको संचालन कर्जा इन्चार्ज रुद्रनाथ पोखरेलले गर्नुभएको थियो । सो अवसरमा राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रमुख तथा अन्य कर्मचारीको साथमा पोखरा वृद्धाश्रमका ज्येष्ठ नागरिकको सहभागिता रहेको थियो ।

त्यस्तै सरल नमुना बचत तथा ऋण सहकारी संस्थाको आफ्नो आठौं बर्ष प्रवेशको अवसरमा पारी पोखरा वृद्धाश्रममा फलफूल वितरण गरिएको थियो । संस्थाका अध्यक्ष दीपक बास्तोलाको नेतृत्वमा गएको टोलीले वृद्धाश्रममा रहको ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरी आफ्नो बार्षिकोत्सव मनाएको हो । आइतबार नै नेपाल आयल निगम पोखरा एअरपोर्ट शाखामा कार्यरत मनोहर डिसी र वहाँकी श्रीमती प्रतिष्ठा जिसीले विवाहको १० औं वर्षगाँठका अवसरमा नगद रु १२ हजार सहयोग गर्नुभएको छ ।

पोखरा वृद्धाश्रममा असहाय र वेवारिसे अवस्थाका ज्येष्ठ नागरिक तथा सेवक सेविका गरी ६५ जना आश्रित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button