मःम मेलामा प्रदर्शनको लागि ५५ हजारको एउटा मःम बनाइने

पोखरा, १० माघ –

पोखरामा एउटा मःम बनाउनका लागि ५५ हजार खर्च गरिने भएको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

आर इभेण्ट ट्रेनर नेपालले पोखरामा गर्न लागेको दोस्रो मःम मेलामा प्रदर्शनको लागि सो मःम बनाउन लागिएको हो। सो मःम मेलाको महत्वपूर्ण आकर्षण बन्ने कार्यक्रम संयोजक रवीन गुरुङले दावी गरे। मःम बनाउनका लागि मुर्तिकार युवराज पौडेलेको टोलीलाई जिम्मा दिइएको छ।

मेला फागुन ६ देखि ८ गतेसम्म पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुदैछ। मेलाका लागि धमाधम स्ट्रल बुकिङग भैरहेको छ। मेलामा एक सय बढि स्टल रहने छन्। स्टल मध्य २० स्टल मःमका मात्र रहने र अन्य स्टल विभिन्न उत्पादन तथा व्यवसायीक प्रयोजनका रहने छन्।

नेपालमा पछिल्लो समय मःम बढि प्रयोग हुने खाजाको रुपमा विकास भैरहेका बेला मःम पारखीहरुले मेला निकै रुचाउने अपेक्षा गरिएको छ। चिकेन, बफ र मटन मःमको स्वाद मात्रै चाखेका मःम पारखीहरुले मेलामा २५ प्रकारका मःमको स्वाद लिन पाउँने छन्। मेलामा पनिर,खुवा, केरा, टोफु, गुदपाक, आलु, विग, ओमन, माछा, ससेज र चकलेट मःमको स्वाद लिन पाईने आयोजकको भनाई छ। मेलामा दिउँसो हाँस्यप्रहसन, दोहोरी र नौमती बाजा तथा राति लाइभ पप कन्सर्ट, फेशन वीक र डिजे सेसन आकर्षणका रुपमा रहने छन्। मेला सम्पन्न गर्न ४४ लाख खर्च लाग्ने र एक लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको छ। मेलाबाट बचत भएको रकम पोखरामा आध्यात्मिक पर्यटन प्रवद्र्वनका लागि अन्र्तराष्ट्रिय योग ध्यान केन्द्र निर्माणमा खर्च गरिने बताइएको छ।

यसअघि ट्रेनर नेपालले पतञ्जली योग शिविर, मिस पोखरा क्वीन, मेगा मोडल पोखरा, नेपथ्य व्याण्डको लाइभ कन्सर्ट र दशै महोत्सव जस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button