छैठौ संस्करणको पोखरा महोत्सव भब्यताका साथ सम्पन्न

  • पोखरा न्यूज
  • २०७२ माघ १०
छैठौ संस्करणको पोखरा महोत्सव भब्यताका साथ सम्पन्न

पोखरा, १० माघ –

नाकाबन्दीका बावजुद पनि स्थानिय युनाइटेड क्लवले आयोजना गरेको छैठौ संस्करणको पोखरा महोत्सव भब्यताका साथ सम्पन्न भएको छ । पुस ३० देखि पोखराको अमरसिंह चौरमा आयोजना भएको महोत्सवको आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले समापन गरे । उक्त समारोहमा वोल्दै युनाइटेड क्लवले देशको विशम परिस्थितीमा पनि महोत्सवको आयोजना गरेर पोखराको पर्यटनलाई पुनर्जागरण गर्न सघाउ पुरयाएको वताए ।

पोखरामा शिक्षा, स्वास्थ्य, खेलकुद र नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा अगाडी वढेको र महोत्सवबाट यस्ता कामहरु गर्दा पर्यटन क्षेत्रलाई समेत समावेश गरेकोमा आफु गौरवान्वित भएको वताए । पोखरामा चिडियाखाना निर्माणको क्रम अगाडी वढिसकेको र त्यसबारेमा आफ्नो मन्त्रालयले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे ।

pokhara mahotsav 2

सोही कार्यक्रममा वोल्दै क्षेत्रिय बन कार्यालय पोखराकाका निर्देशक शान्त मुणि ताम्राकारले पोखरामा निर्माण हुने चिडियाखानालाई क्षेत्रिय बन कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने र सहकार्य गरी अगाडी वढ्ने प्रतिवद्धता समेत ब्यक्त गरे । त्यस्तै महोत्सवका मुख्य प्रायोजक शालिमार सिमेन्टका प्रतिनिधी तथा सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश चौधरीले युनाइटेड क्लव संगको सहकार्यलाई आगामी वर्ष पनि निरन्तरता दिने प्रतिवद्धता ब्यत्त गरे । पांचौ पोखरा महोत्सव देखिनै शालिमार सिमेन्टले मुख्य प्रायोजन गर्दै आएको र आगामी वर्षपनि यसलाई निरन्तरता दिने र क्लवले पोखराको पर्यटन प्रवद्र्धनमा श्रहानिय काम गरेको वताए ।

क्लवका अध्यक्ष हिमालय बख्रेलले पोखरामा क्षेत्रिय स्तरको चिडियाखानाको निर्माणकार्य अगाडी वढिरहेको र सम्पूर्ण क्षेत्रका ब्याक्तिहरुको सहकार्यमा आफुहरु अगाडी वढिरहेको वताए । पर्यटन मन्त्रालयले आफुहरुको उद्देश्यमा रहेको चिडियाखाना निर्माणको कामलाई सहयोग गर्न समेत बख्रेलले पर्यटन मन्त्रीलाई आग्रह गरे । क्लवका सचिव लालकाजी गुरुङले सञ्चालन गरेको कार्यक्रममा क्लवका कोषाध्यक्ष राजु श्रेष्ठ र उपाध्यक्ष सुक वहादुर गुरुङले समेत वोलेका थिए ।

pokhara mahotsav 3

पुस तीस देखि माघ १० गतेसम्म सञ्चालन भएको छैठौ संस्करणको पोखरा महोत्सवमा दुई लाख १९ हजार दर्शकले महोत्सवको अवलोकन गरे भने महोत्सवमा १३ करोड ६० लाखको कारोवार भएको महोत्सवका अर्थ तथा स्टल उपसमितीका संयोजक राजु श्रेष्ठले जानकारी दिए । महोत्सवको अन्तिम दिन आइतबार मात्र १५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेभने १ करोड ५० लाखको कारोवार भएको श्रेष्ठले जानकारी दिए ।

यसैविच महोत्सवमा आयोजना गरिएको पोखरा तारा दुई नृत्य प्रतियोगिताको उपाधी निखिल बिसीले हात पारेका छन । विसीले पोखरा ताराको उपाधीसंगै नगद ५० हजार संगै गिफ्ट ह्याम्पर हात पारे । त्यस्तै उपबिजेता पवित्रा गुरुङले २५ हजार नगद सहित गिफ्ट ह्याम्पर हात पार्न सफल भइन । प्रतियोगिताका बिजेता र उपबिजेताले म्युजिक भिडियोमा समेत अवसर पाउने प्रतियोगिताका संयोजक सुरज थापा मगरले जानकारी दिए । त्यस्तै प्रतियोगितामा तृतिय स्थान प्राप्त गर्न सफल मिना सेवानले १० हजार नगद सहित गिफ्ट ह्याम्पर र सान्तवना पुरस्कार प्रकृति थापा मगरले ५ हजार नगद सहित गिफ्ट ह्याम्पर प्राप्त गरिन ।

एघार दिन सम्म स ञ्चालन भएको महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी , पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी गराइएकोे महोत्सवका सचिवालय ब्यवस्थापक सुकवहादुर गुरुङले जानकारी दिए ।

छैठौ संस्करणको महोत्सव बाट आम्दानी हुने बांकी रकम मध्ये २०-२० प्रतिशतका दरले शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्धनका लागी पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण स्थल लेखनाथको वडा नं. ११, १२ , १४ मा रहेको पचभैया, चायापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रमा खुल्ला चिडियाखाना बनाउन छुट्याईने र प्रत्येक टिकटबाट सेती नदी संरक्षणका लागी छुट्याइने भएको छ । क्लवले अहिले सम्म शिक्षा , स्वास्थ्य र खेलकुदको क्षेत्रमा कास्की र आसपासका छिमेकी जिल्लाका विभिन्न ठाउहरुमा सहयोग गर्दै आइरहेको छ । महोत्सवको छैठौ संस्करण सम्म आइपुग्दा चिडियाखाना निर्माणका लागी १५ लाख रुपैया संकलन गरि राष्टिय बाणिज्य बैक तालचोक शाखा निर्माण समितीको खातामा जम्मा गरिसकेको क्लवले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस