जारी आहा रारा गोल्ड कपमा रहमतगञ्जको स्थानमा गजीरचाट आउने

पोखरा, ११ माघ –

पोखरामा जारी आहा रारा गोल्डकपको १४ औं संस्करणमा सहभागि हुने बंगलादेशको रहमतगञ्ज एफ.एम.सोसाईटीको स्थानमा बंगलादेशकै गजीरचाट स्पोर्टिङ्ग क्लव आउने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रतियोगिता सञ्चालन भइरहेको समयमा प्राविधिक कारण देखाउँदै रहमतगञ्जले आयोजक सहारा क्लवलाई प्रतियोगितामा सहभागिता जनाउन नसक्ने जानकारी दिएपछि बंगलादेशकै गजीरचाट स्पोर्टिङ्ग क्लवलाई खेलाउने निर्णय गरिएको प्रतियोगिता संयोजक केशबबहादुर थापाले जानकारी बताए । मंगलबार रमपम झापा ११ सँग रहमतगञ्जको सट्टामा गजीरचाटले अन्तिम क्वाटरफाईनल खेलमा प्रतिष्पर्धा गर्ने भएको छ ।

झापा ११ ले आहा रारा गोल्ड कपमा सर्वाधिक सफलता हासिल गर्न सफल भएको विभागिय टोली नेपाल पुलिस क्लवलाई पराजित गर्दै क्वाटरफाईनलमा यात्रा बनाउदा बंगलादेशको पाहुना टोली सिधै वाई पाएर क्वाटरफाईनलमा यात्रा पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button