मिस तामाङको प्रतिभा प्रस्फुटन राउण्ड सम्पन्न

पोखरा, १० माघ –

बैदाम तामाङ्ग समाजको आयोजनामा २८५२ औं सोनाम ल्होसारको अवसरमा आयोजित मिस तामाङ्ग पोखरा २०१६ अन्र्तगत प्रतिभा प्रस्फुटन तथा प्रि जजिङ्ग राउण्ड सम्पन्न भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रतिभा प्रस्फुटन कार्यक्रममा प्रतिस्पर्धीहरुले गायन, नृत्य, संगीत, कराते काँता, भाषण कला प्रस्तुत गरेका थिए । पहिलो प्रतिस्पर्धी मुना तामाङ्गले राष्ट्रगानको धुन बजाएर शुरु भएको कार्यक्रममा जानुका तामाङ्गले कविता, सोनी दोङ्ग तामाङ्गले कराँते काँता, बिपना लामाले गायन, मनिषा तामाङ्ग, निमा तामाङ्ग, डोल्मा लामा, सोनी योञ्जन तामाङ्गले नृत्य, उत्साह लोप्चान तामाङ्ग , गाीता लामा, आस्मा तामाङ्गले भाषण कला, , जिना तामाङ्गले फुलदानी बनाउने कला प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा अन्तिम प्रतिस्पर्धाको दिन बितरण गरिने बिभिन्न टाइटलका लागि प्रि जजिङ्ग गरिएको थियो । प्रतिभा प्रस्फुटन कार्यक्रमका निणार्यक र्याण्डम रिर्डस सोसाइटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेलले समुदायको संस्कार र संस्कृति युवा पुस्तामा हस्तान्तरणका लागि गरिने कार्यक्रमले आफ्नो मौलिकपनको रक्षामा टेवा पुग्ने बताए । समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन तथा तामाङ्ग भेषभुषा, भाषा, संस्कार र संस्कृति प्रति युवाहरुको आकर्षण बढाउन र संस्कार संस्कृति युवाहरुमा हस्तान्तरण गर्ने उद्धेश्यले मिस तामाङ्ग पोखरा २०१६ आयोजना गरिएको समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । प्रतियोगिता सौन्दर्य प्रतियोगिता मात्रै नभई तामाङ्ग संस्कार र संस्कृतिको प्रबद्र्धन हेतु गर्न लागिएको प्रतियोगिताका संयोजक जेसिका तामाङ्गले बताए । कार्यक्रममा गुरुङ्ग ब्युटी पार्लर एवम एकेडेमीका सञ्चालक, बरिष्ठ सौन्दर्यबिद चिनु गुरुङ्ग, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष युवा पर्यटन ब्यवसायी प्रदिप कँुवर, पोखरा एफ एमका स्टेशन इन्चार्ज सन्जय मल्ल लगायतले बोलेका थिए ।

१२ जना प्रतियोगीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको प्रि जजिङ्ग राउण्डमा गेट वे फाउण्डेसनका अमृत भट्टराई, कोरियोग्राफर निशा प्रजापति, पोखरा एफ एमका बरिष्ठ प्रस्तोता सुरज श्रेष्ठ तथा बिग एफ एमका प्रस्तोता दुर्गाराज पाण्डे निर्णायकको भुमिकामा रहेका थिए । प्रतिभा प्रस्फुटन तर्फ र्याण्डम रिर्डस सोसाइटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेल, सौन्दर्यविद चिनु गुरुङ्ग, युवा पर्यटन ब्यवसायी प्रदिप कुँवर, गायक इनोक तामाङ्ग र नृत्य निर्देशब मौसमी तामाङ्ग निर्णायक रहेका थिए ।

माघ १६ गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रममा डान्स इण्डिया डान्सका उपविजेता निर्मल तामाङ्गलाई सम्मान गरिने बैदाम तामाङ्ग समाजका अध्यक्ष तामाङ्गले बताए । कार्यक्रममा इन्दिरा गोले गुरुङ्ग, निर्मल तामाङ्ग, शुक्र लामा र संजिव लामाको सांगितिक प्रस्तुतिका साथै तामाङ्ग सांस्कृतिक नृत्य प्रस्तुत गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button