कालावाङ तगुह्रोले ल्होछार मनायो

पोखरा, १० माघ –  

कालावाङ तगुह्रो घोताने भाइ वंशजले ल्होछार पर्व मनाएको छ ।

संस्थाका अध्यक्ष ओमप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वयोबृद्ध वलमान गुरुङले ल्होछार मनाउने परम्परा चेलीवेटी खुवाउने तथा भाइबन्धु भेटघाट हुने अवसर भएकोमा खुसी व्यक्त गरे । उनले युकेमा वसेर पनि आफू यस कार्यमा उत्साहित भई सहभागी हुन पाउँदा खुसी व्यक्त गरे ।

भाइ वंशजका उपाध्यक्ष बेलु गुरुङले विगत १४ वर्षदेखि मनाउँदै आएको ल्होछारको अवसरमा स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कालावाङ तगुह्रो आमा समूहकी अध्यक्ष मनकुमारी गुरुङ, सदस्य शर्मिला गुरुङ, प्रतिमा गुरुङ लगायतले मन्तव्य व्यक्त गरेको खेमबहादुर गुरुङ(काइला)ले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button