स्पाइरल ग्यालेक्सी उच्च माविमा स्पोर्टस मिट सम्पन्न

पोखरा, ११ माघ –

पोखराको सिम्पानी स्थित स्पाइरल ग्यालेक्सी उच्च माविमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

दुइ दिन सम्म पृथ्वीनारायण क्यामपसमा रहेको अन्नपूर्ण रंगशाला र विद्यालय परिसरमा आयोजना गरिएको खेलकुद कार्यक्रममा ६ सय २५ अङ्क सहित व्लु हाउस च्याम्पियन बनेको छ । त्यस्तै ६सय २० अंक सहित रेड हाउस उपविजेता बनेको छ । विभिन्न १७ इभेन्टमा तहगत रुपमा ५१ वटा खेलहरु सञ्चालन गरेको अतिरिक्त विभागका प्रमुख सुमन पौडेलले जानकारी दिनुभयो । ६ वटा इभेन्टमा ५ वटा शिल्ड प्राप्त गर्ने संगीता आचार्य प्रथम, शौरभ गुरुङ्ग द्धितिय र स्वस्तिका तिमिल्सीना तृतिय भएका छन् । त्यस्तै प्रावि तर्फ आयोजित खेलहरुमा पनि विद्यार्थीले उत्कृष्ठता हासिल गरेका छन् ।

यसअघि विद्यालयका प्राचार्य नारायण शर्मा चापागाइले स्पोर्टस मिटको उद्घटन गर्नुभएको थियो । उदघाटनका अवसरमा विद्यार्थीले मार्चपास समेत गरेका थिए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button