त्रिभुवन आर्मी क्लव थ्रि स्टारलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश

  • पोखरा न्यूज
  • २०७२ माघ ११
Post Thumbnail

पोखरा, ११ माघ –

फुटवल खेलमा जति नै राम्रो खेल प्रदर्शन गरे पनि अन्त्यमा गोल गर्ने टिम नै विजय हुन्छ । सोमबारको खेलमा पनि यस्तै देखियो फुटवल खेलमा राम्रो खेल प्रदर्शन गरेको डिफेण्डीङ च्याम्पीएन तथा लिग विजेता रुस्लान थ्रि–स्टार क्लव विभागिय टोली त्रिभुवन आर्मी क्लवसंग गोल गर्न नसक्दा पोखरामा पराजित भयो । थ्रि स्टार बिरुद्धको खेलमा जित हासिल गरेको विभागिय टोली त्रिभुवन आर्मी क्लव पोखरामा जारी १४ औं संस्करणको आहा रारा गोल्ड कपको सेमिफाईनलमा प्रबेस गरेको छ ।

सहारा एकेडेमिको सहयोगार्थ पोखरा रंगशालामा सोमबार भएको तेश्रो क्वाटरफाइनल खेलमा आर्मीले थ्रि–स्टार माथि १–० को झिनो गोल अन्तरले पराजित गर्दै अन्तीम चारमा स्थान बनाएको हो । आर्मीको जितमा दिप लामाले निर्णायक गोल गर्दै सोमबारको खेलमा म्यान अफ दी म्याचको उपाधि सहित नायक बने । खेलको ३० औं मिनेटमा आर्मीका दिप लामाले निर्णायक गोल गरी टिमलाई सोमबारको खेलमा विजयी गराएका हुन । टंक बस्नेतको स्थानमा खेलको २५ औं मिनेटमा मैदानमा छिरेका लामाले करीब २५ यार्ड टाडाबाट प्रहार गरेको वल क्रस वारमा लागेर ड्रव हुदै वलले जाली चुमेको हो । उनले मैदान छिरेको ५ मिनेटमै गोल गरेका हुन । आर्मीका लामा नायक हुदा थ्रि स्टारले राखेको साख सोमबारको खेलमा जोगाउन सकेन ।

aaha rara gold cup 2

आहा रारामा ४ वटा उपाधि माथि कब्जा जमाउन सफल भएको थ्रि स्टारले पाएका केहि अवसरलाई सदुपयोग गर्न नसक्दा आर्मीसंग पराजित हुदै यस बर्षको आहा राराको क्वाटरफाईनलबाट यात्रा टुंगाउनु पर्यो । अफ्रिकीमुलका अग्लोकद भएका तीन जना खेलाडीहरु मैदानमा उतारे पनि आर्मी माथि जित निकाल्न थ्रि–टारलाई फलामको चिउरा चपाए सरी भयो । दोश्रो हापको १८ औं मिनेटमा थ्रि स्टारका सुगेनले वान भर्सेस वान वललाई दोश्रो वार च्याप्दै प्रहार गरेको वल गोलमा परिणत भएन । त्यस्तै सगुनले पुनः ५ मिनेट पछि पाएको अर्को वान भर्सेस वान वल क्रस वारमा लागेर फर्किएको थियो । अनिल ओझा, राजु योगीले प्रहार गरेको वल पनि सदुपयोग हुन नसक्दा थ्रि–स्टारले पोखरेली दर्शकहरु माझ राखेको साख जोगाउन सकेन । आर्मीले पनि पाएका केहि अवसरलाइ सदुपयोग गर्न नसक्दा गोल अन्तर फराकिलो पार्न सकेन । थ्रि स्टारको समर्थना हुटिङ गर्न रंगशाला पुगेका केहि दर्शकहरु थ्रि स्टार हार्ने पक्का भए पछि रुष्ट हुदै मैदानमा पानीको वोतल फालेका थिए । थ्रि–स्टारका प्रशिक्षक राजेन्द्र तामाङले हारको मुख्य कारण रेफ्रि माथि दोष देखाए । उनले भने “थ्रि स्टारको लागि मात्र होईन आर्मीको खेलमा पनि रेफ्रिले सहि निर्णय गरेको छैन, मेजर र सामान्य फल भएको अबस्थामा पनि पटक पटक फल नदिने गरेको थियो । ” आफ्ना ४ जना खेलाडीहरु राष्ट्रिय टिममा भएकोले जोड जाम गरेर खेलेको उनले बताए । उनीहरुले पाएको एक वलमा गोल भएको र आफुहरुको पाएको अवसर सदुपयोग हुन नसक्दा पनि आफुहरुले हार व्यहोर्नु परेको तामाङले जनाए ।

aaha rara gold cup 3

आर्मीका प्रशिक्षक मेघराज केसीले थ्रि स्टारबिरुद्धको खेलमा यस अघिका खेलमा उनीहरुलाई जितेको कारणले गर्दा पनि खेलाडीहरुमा मनोवल उच्च भएको कारणले गर्दा जित भएको बताए । उनले भने ”आर्मीसंग हाम्रो पछिल्लो ६ भेटमा ४ पटक हामीले जितेका छौं भने २ पटक बराबरी खेलेका छौं, त्यही जितको कारणले गर्दा खेलाडीहरुमा मनोवल उच्च भएकोले जितेका हौं ।” थ्रि–स्टार प्रशिक्षक तामाङले रेफ्रिलाई दोष दिई रहदा उनले भने यस बिषयमा आफु केहि नवोल्ने प्रतिकृया दिएका थिए ।

आर्मीले जाउलाखेल युथ क्लवलाई पराजित गर्दै क्वाटरफाईनलमा यात्रा बनाउदा गत बर्षको विजेता थ्रि स्टारले सिधै वाई पाएर क्वाटरफाईनलमा स्थान पाएको थियो । भोलि मंगलबार अन्तिम क्वाटरफाईनल खेल हुने भएको छ । बंगलादेशको गाजिर चाउट समुह बिरुद्ध रमपम झापा ११ बिच खेल हुने भएको प्रतियोगिता संयोजक केशबबहादुर थापाले बताए । उनका अनुसार रहमतगञ्ज एफ.एम.सोसाईटीको स्थानमा बंगलादेशकै उक्त समुह आउने भएको हो । प्रतियोगिता सञ्चालन भइरहेको समयमा प्राविधिक कारण देखाउँदै रहमतगञ्जले आयोजक सहारा क्लवलाई प्रतियोगितामा सहभागिता जनाउन नसक्ने जानकारी दिएपछि बंगलादेशकै गाजिर चाउट खेलाउने निर्णय गरिएको प्रतियोगिता संयोजक थापाले जानकारी दिए । झापा ११ ले आहा रारा गोल्ड कपमा सर्वाधिक सफलता हासिल गर्न सफल भएको विभागिय टोली नेपाल पुलिस क्लवलाई पराजित गर्दै क्वाटरफाईनलमा यात्रा बनाउदा बंगलादेशको पाहुना टोली सिधै वाई पाएर क्वाटरफाईनलमा यात्रा पाएको हो । हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता माघ १६ गतेसम्म चल्ने भएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस